३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

बाढीले भारत पुर्‍याएको गैँडा नेपाल ल्याउने तयारी

बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पुर्‍याएका दुर्लभ एकसिँगे गैँडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ। हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन्।

बाढीले निकुञ्जका जनावर प्रभावित, गैंडा र हरिण मृत भेटिए

नारायणी नदीले बगाएका दुई गैंडामध्ये एउटा गैंडा नवलपरासीको त्रिवेणी ब्यारेजस्थित नर्सही ठोकरमा सोमबार मृत अवस्थामा फेला परेको छ। नदीमा बग्दै आएका दुई गैंडामध्ये एउटा उम्केर नजिकैको जंगलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मुकुन्दराज आचार्यले जानकारी दिए।

गैंडाको आक्रमणबाट एकको मृत्यु, एक घाइते

चितवनमा गैँडाको आक्रमणमा परी एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।शनिबार बिहान जिल्लाको छुट्टा छुट्टै स्थानमा आक्रमणको घटना भएको थियो । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार भरतपुर महानगरपालिका वडा नं. २८ सालबासमा एकजना महिलाको मृत्यु भएको हो । त्यस्तै रत्ननगर–११ मा एकजनालाई गैंडाले अक्रमण गरेर घाइते बनाएको थियो ।

रौतहटमा देखिएको एकसिँगे गैँडालाई चितवन पठाइयो

एक हप्तादेखि रौतहटको जंगलमा देखा पर्दै आएको एक सिँगे गैँडालाई नियन्त्रणमा लिई बिहीबार साँझ चितवन पठाइएको छ।

तस्करले गैँडा मार्दा चितवनमा शोक र्‍याली

तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्‍याली प्रदर्शन गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा फेरि गैंडा शिकार

चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारीले गैंडा मारेका छन्। जगतपुर बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा खाग झिकेको अवस्थामा मृत गैडा फोला परेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।

दुई गैँडा नियन्त्रणमा, भाले गैंडा बर्दिया पठाइने

चितवन राष्ट्रिय निकुञ्जले डाट गरेर मंगलबार एकैदिन दुईवटा गैँडालाई नियन्त्रणमा लिएको छ ।

चितवनका गैंडा शुक्लाफाँटा लैजाने तयारी

सौराहा क्षेत्रका १९ संघसंस्थाले आइतबार संयुक्त विज्ञप्ति निकालेर गैंडा स्थानान्तरणअघि समुदायसँग छलफल गर्न माग राखेका छन्।

गैंडाको नक्कली खाग बनाउने उपकरणसहित ३ पक्राउ

गैंडाको नक्कली खाग बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

गैंडाको नक्कली खाग बनाउने उपकरणसहित ३ पक्राउ

गैंडाको नक्कली खाग बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

चितवनबाट बर्दिया सारिएको गैंडा मृत अवस्थामा फेला

चितवनबाट स्थानान्तरण गरी बर्दिया राष्टिय निकुञ्जको बबई उपत्यकामा छाडिएको एउटा बिरामी भाले गैंडा मरेको निकुञ्जले जनाएको छ।

गैंडा आक्रमण परी एककाे मृत्यु

गैंडाको आक्रमणमा परेर पूर्वी चितवनमा शनिबार एक जनाको निधन भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार जनकौली सामुदायिक वनमा घाँस काट्न गएकी ३५ वर्षीया लक्ष्मी श्रेष्ठको गैंडाले आक्रमण गर्दा दिउँसो साढे एक बजे निधन भएको हो।

तस्करबाट जोगिएको गैँडा किसानको फन्दामा

चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिङे गैँडा तस्करको निसानामा नपरेको धेरै नै भयो । निकुञ्ज क्षेत्र आसपास गाउँमा खेती जोगाउन स्थानीय किसानले थापेको फन्दामा परेर भने गैँडा मर्ने क्रम रोकिन सकेको छैन । करेन्ट लागेर वा विषाक्त खाद्यपदार्थ खाएर अघिल्लो वर्ष चितवन निकुञ्जमा तीन गैँडा मरे । यो वर्ष करेन्ट लागेका कारण दुई गैँडा मरी सकेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्