२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

गैंडाको आक्रमणबाट एकको मृत्यु, एक घाइते

चितवन – चितवनमा गैँडाको आक्रमणमा परी एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । शनिबार बिहान जिल्लाको छुट्टा छुट्टै स्थानमा आक्रमणको घटना भएको थियो । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार भरतपुर महानगरपालिका वडा नं. २८ सालबासमा एकजना महिलाको मृत्यु भएको हो । त्यस्तै रत्ननगर–११ मा एकजनालाई गैंडाले अक्रमण गरेर घाइते बनाएको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार सालबासकी ५० वर्षीया सुकमाया कुमाल आफ्नै घर नजिकको जंगलमा घाँस काट्न गएकी थिइन् । घाँस काट्दै गर्दा गैंडाले आक्रमण गरी घाइते भएपछि उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । उपचार हुँदै गर्दा सकुमायाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

त्यस्तै कालिका नगरपालिका वडा नं. १ डढुवाका ७० वर्षीय भिमबहादुर पाख्रिन जंगली साग निउरो टिप्न रत्ननगर नगरपालिका वडा नं. ११ को पञ्चकन्या सामुदायिक वनमा गएका थिए । उनलाई वनभित्रै गैंडाले आक्रमण गरेको चितवन प्रहरीले जानकारी दिएको छ । आक्रमणपछि घाइते भएका पाख्रिनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । 

प्रकाशित: १७ वैशाख २०७४ ०५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App