२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

गैंडा आक्रमण परी एककाे मृत्यु

चितवन– गैंडाको आक्रमणमा परेर पूर्वी चितवनमा शनिबार एक जनाको निधन भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार जनकौली सामुदायिक वनमा घाँस काट्न गएकी ३५ वर्षीया लक्ष्मी श्रेष्ठको गैंडाले आक्रमण गर्दा दिउँसो साढे एक बजे निधन भएको हो। उनी पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १९ की बासिन्दा हुन्।

चितवन निकुञ्ज आसपासको गाउँमा यो वर्ष वन्यजन्तु आक्रमणका घटना बढेको छ । निकुञ्ज कार्यालयबाट प्राप्त विवरण अनुसार गैंडा लगायतका वन्यजन्तुले आक्रमण गर्दा यसअघि नै यो वर्ष छजनाको ज्यान गइसकेको छ।

यो सहित मृतकको संख्या सात पुगेकाे छ। गएको आर्थिक वर्षमा पूरा १२ महिनामा जम्मा ५ जनाको मात्रै निधन भएको निकुञ्ज कार्यालयले जनाएको छ।

प्रकाशित: १५ माघ २०७३ ०८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App