५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘घिमिरे वंशावली’ सार्वजनिक

यसअघि ‘मूच्र्छित स्वरहरु’ नामक कविताकृति बजारमा ल्याएका घिमिरेको यो दोस्रो कृति हो । कोरोना भाइरसका कारण मुलुक लकडाउनमा भएका बखत पनि स्रष्टा घिमिरेले आफ्ना पुर्खा र पुख्र्यौली थातथलोको निम्ति केही गरौं भन्ने भावनाले धेरै अगिदेखि थालेको कामलाई पूर्णता दिएको बताए ।

एनआरएनएले ‘डायस्पोरा’का बालबालिकालाई नैतिक शिक्षासम्बन्धी पुस्तक प्रकाशन गर्ने

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले ‘डायस्पोरा’का बालबालिकालाई लक्षित गर्दै नैतिक शिक्षासम्बन्धी पुस्तक प्रकाशन गर्ने भएको छ।

हिरण्यलाललाई ‘नइ देरुनिख प्रदीप्ति’

नइ प्रकाशनले परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई २०७६ सालको ‘नइ देरुनिख प्रदीप्ति’ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ। नइ प्रकाशन अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ आउँदै

यस वर्ष पब्लिकेसन नेपालयको नयाँ टिमले चार महिला लेखकहरूको पुस्तकहरू प्रकाशन गर्ने तयारी पूरा गरेको छ। बिहीबार नेपालयले प्रेस विज्ञप्तिमार्फत चार महिला लेखकहरू पुस्तक प्रकाशन गर्ने तयारी पूरा भएको जानकारी गराएको थियो।

साझा प्रकाशनको महाप्रबन्धकमा गौतम नियुक्त

साझा प्रकाशनको महाप्रबन्धक पदमा झापा शिवसताक्षी–२ का होमप्रसाद गौतम नियुक्त भएका छन्। मंगलबार प्रशासन विभागका प्रमुख भेषराज घिमिरेले विज्ञप्ती जारी गर्दैै सो जानकारी दिएका हुन्। माघ ११ गते बसेको साझा प्रकाशन सञ्चालक समितिको बैठकले गौतमलाई महाप्रबन्धकको रुपमा नियुक्त गरेको हो।

गुरु नानकको स्मृतिमा सिक्का प्रकाशन हुँदै

शिख धर्मावलम्बीका प्रवर्तक श्री गुरु नानकको ५ सय ५०औँ जन्मजयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले सिक्का प्रकाशन गर्ने भएको छ। गुरु नानकले धर्मका माध्यमबाट समाजिक विकासमा योगदान गरेका कारण बैंकले सम्मानस्वरुप उनको स्मरणमा सिक्का ल्याउन लागेको छ।

भूमेको पर्यटकीय चिनारी

गणतान्त्रिक नेपालमा स्थानीय निकायहरू बलियो बन्दैछन्। गाउँपालिका र नगरपालिकाहरू आफ्नो भबिश्य रेखा आफैं कोर्दैछन्। धेरैले पर्यटनलाई समृद्धिको आधार मानेका छन्। यसैक्रममा रुकुम (पूर्व)को भूमे गाउँपालिका पनि पर्यटनमा केन्द्रित भएको छ। उसले भर्खरै समग्र गाउँपालिकाको पर्यटकीय चिनारी झल्काउने फोटो बुक प्रकाशन गरेको छ।

सांसदको प्रश्नः ९ अंक ल्याउनेको कसरी ६९ पुग्यो? रजिष्ट्रारको जवाफः व्यक्तिगत त्रुटि

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले नतिजा प्रकाशनमा संस्थागत नभई व्यक्तिगत त्रुटि भएको बताएका छन्। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकमा रजिष्ट्रार उप्रेतीले हालै संचारमाध्यममा आएका परीक्षा नतिजा सम्बन्धी त्रुटीहरु संस्थागत नभई व्यक्तिगत भएको दाबी गरे।

हाम्रो अठोट

नेपाल रिपब्लिक मिडिया स्थापनाको १०औं वर्ष पूरा गरी ११औं वर्षमा प्रवेश गरेको छ। यो पुनीत घडीमा म हाम्रा श्रद्वेय पाठक, विज्ञापनदाता, सहकर्मी, शुभेच्छुक सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु। तपाईंहरूले दिएको न्यानो मायाले हाम्रो एक दशकको यात्रा सहज भएको हो भन्न पाउँदा मलाई खुसी लागेको छ।

अस्ताए ‘कामना’का पुष्करलाल

सिने पत्रिका ‘कामना’को प्रकाशनसँगै नेपालमा व्यावसायिक रूपमा चलचित्र पत्रकारिताको सुभारम्भ गर्ने पत्रकार पुष्करलाल श्रेष्ठको बुधबार बिहान ११ बजेर ४९ मिनेटमा ६० वर्षको उमेरमा निधन भएको छ।

एनआरएन अमेरिकाको चुनाव मे १८ र १९ मा हुने

निर्वाचन आयोगका संयोजक विश्व बरालका अनुसार अप्रिल १४ मा सुरु  मनोनयन प्रक्रिया १८ तारिखसम्म चल्नेछ।

शर्मामाथि छानबिन गरिने

साझा प्रकाशनका तत्कालीन अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्मामाथि छानबिन हुने भएको छ। प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक हुँदा अनियमितता गरेको आरोप लागेका शर्मामाथि सञ्चालक समितिले छानबिनको तयारी गरेको छ।

साझै रहोस् साझा

मुलुकमा चलिरहेका ठूल्ठूला लुट प्रकरणबीच साझा प्रकाशनमा भएका अनियमितता सामान्य लाग्न सक्छन्। देशमा अर्बौंका परियोजना चलिरहेका ठाउँमा यो संस्था ठूलो नभए पनि प्रभाव भने साहित्यिक र बौद्धिक क्षेत्रमा ठूलो छ। सार्वजनिक संस्थानमा राजनीतिक प्रभावमार्फत् प्रवेश गरी त्यसका स्रोतसाधनमा दोहन आम प्रचलन भइरहेको छ। निजी क्षेत्रमा प्रकाशन संस्था चलाइरहेका डोलिन्द्र शर्मा राजनीतिक प्रभावका आडमा साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारीमा सहजै पुग्न सफल भएका पात्र हुन्।

डोलीन्द्रको राजीनामा स्वीकृत

साझा प्रकाशनका महाप्रबन्धक डोलीन्द्र शर्माको राजीनामा स्वीकृत भएको छ। साझा प्रकाशन सञ्चालक समितिको मंगलबार बसेको बैठकले शर्माको राजीनामा स्वीकृत गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्