coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

वेनी–जोमसोम–कोरला सडकमा पाँच पुल निर्माण

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा पाँचवटा पुल निर्माण भएका छन्।

लोमान्थाङ गल्फ प्रतियोगिताः श्याम तामाङलाई उपाधि

काठमाडौंका एमेच्योर गल्फर श्याम तामाङले मुस्ताङको माथिल्लो भेग लोमान्थाङमा आयोजित ‘दोस्रो मुस्ताङ गल्फ प्रतियोगिता’को व्याकु टु व्याक उपाधि रक्षा गरेका छन्। पार ३६ को ९ होलको लोवाथाङस्थित मुस्ताङ गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा तामाङले पोखराका गल्फर लिलाजंग गुरुङलाई एक अंकले पछाडि पार्दैै दोस्रो पटक उपाधि जिते। यो गल्फ मैदान विश्वकै सबैभन्दा बढी उचाईमा रहेको छ।

भदौ अन्तिममा लोमान्थाङमा गल्फ प्रतियोगिता

लोमान्थाङमा यही भदौ ३० गते शनिबार दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्ने अन्तिम तयारी गरिएको छ। लोमान्थाङ गाँउपाालिकाको आयोजना तथा गण्डकी प्रदेशका पूर्व सदस्य इन्द्रधारा विष्टको सक्रियतामा ४६ सय ४५ मिटरको उचाईमा दोस्रो सस्करणको एमेच्योर गल्फ प्रतियोगिता आयोजना गरिने छ।

कोरला नाकाः पारि सहर बनिसक्यो, वारि झन्डा समेत छैन

चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमाना पर्ने कोरला नाका खुल्ने र खुलाउने चर्चा भएको लामो समय भइसक्यो, तर, त्यसबारे ठोस प्रगति अझै कतै भएको छैन। २०७२ को नाकाबन्दीले भारतबाट आयात रोकिएपछि उत्तरी नाका खोल्ने प्रयास थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका प्राथमिकता परेको हो। त्यही प्रयास पछि चीनले आफ्नो क्षेत्रमा भव्य संरचना बनाइसक्दा नेपालतिर भने सुनसान रहेको छ।

एकल प्रयासमा लोमान्थाङमा प्रथम गल्फ प्रतियोगिता

मेहनतले मात्रै सफलता मिल्छ। प्रयासै नगरे प्रतिफल पक्कै आउँदैन्। प्रतिफलको लागि कति मेहनत गर्नुपर्छ त्यो केवल इन्द्रधारा विष्टलाई मात्रै थाहा छ। साँझ के हो, विहान के हो। उनले पछिल्लो समय मेसो नै पाउन छाडेका छन। आफनो स्थायी थलो लोमान्थाङदेखि पोखरा, काठमाडौं धेरैपटक उनी एक्लै दौडिए। उनको दैनिकी नै व्यस्ततामा बित्यो। व्यस्तताको प्रतिफल उनले शनिबार मात्रै पाउँदैछन्। उनकै एकल प्रयासमा लोमान्थाङमा मुस्ताङ गल्फ कोर्ष बन्यो।

शनिबार मुस्ताङमा हाईल्टिच्युड गल्फ प्रतियोगिता

शनिबार ४६४५ मिटर उचाइको ‘मुस्ताङ गल्फ कोर्ष’मा वल्र्ड क्लासिक गल्फ प्रतियोगिता हुँदैछ। ९ होलको कोर्ष तयारी अवस्थामा छ। नेपाल गल्फ संघका केन्द्रीय सदस्य गुरुङले कोर्षको ग्रीनलाई ‘फाइनल टच’ दिँदै छन्।

लोमन्थाङमा पहिलो चक्लाबन्दी

माटोको शहर मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा धेरै जग्गा बाँझो छ। गाउँमा युवा जनशक्ति छैन। सिंचाई सुविधा पर्याप्त छैन्। खाली र बाँझो जग्गामा सिंचाई पुर्‍याउने ध्येय गाउँपालिकाको छ।

लोमान्थाङमा गल्फको प्रवर्द्धनात्मक खेल

उकाली ओराली छैन। हिड्दा श्वासप्रश्वास बढ्ला भन्ने चिन्ता छैन। मैदान फराकिलो र समथर छ। मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङको त्यही फराकिलो समथर मैदानमा पोखरेली गल्फरले प्रवर्द्धनात्मक गल्फ खेले। ४ हजार ६ सय ४५ मिटरको उचाईको अल्टिच्युडमा गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टसहित पोखराका चार गल्फरले शनिबार गल्फ खेल्दै कोर्षको स्केच गरेका छन्।

हाईअल्टिच्युड लोमान्थाङमा गल्फको पहिलो ड्राइभ

समुद्रीसतहबाट ४६ सय ४५ मिटरको उचाइको लोमान्थाङको लोवाथाङमा ईन्द्रधारा विष्टले पहिलो ड्राईभ हिर्काए। उनको ड्राइभसँगै लोमान्थाङमा गल्फको सुरुवात हुन पुगेको छ। विष्टले पार ४ (३५० यार्ड) हिर्काउँदै गल्फको सुरुवात गरेका थिए।

लोमान्थाङमा नौ होलको गल्फकोर्ष

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा गल्फ कोर्ष बनाउन शुरु गरिएको छ। लोमान्थाङबाट निर्वाचित गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टको अगुवाईमा लोमान्थाङमा नौ होलको कोर्ष बनाउन शुरु गरिएको हो। कोर्षको अब ग्रीन मात्रै बनाउन बाँकी छ। अरु सबैजसो बनाई सकिएको सदस्य विष्टले बताए।

लोमान्थाङको ‘तिजी’ मा विदेशीको भीड

हिमाली जिल्ला मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङमा पछिल्लो दुई वर्ष यताकै यतिबेला सबैभन्दा बढी भीड छ। त्यो भीडभाड गाउँलेको नभई त्यहाँ पुगेका पाहुनाको हो। पाहुना पनि आन्तरिक मात्र नभई विदेशी पनि उत्तिकै छन्। शुक्रबारदेखि त्यहाँ तिजी पर्व सुरु भएको छ। तीन दिन चल्ने पर्वमा यो पटक विदेशी पाहुनाको उल्लेखनीय सहभागिता रहेको स्थानीयले बताएका छन्।

लोमान्थाङमा हाई अल्टिच्युड गल्फ क्लब निर्माणको योजना

मुस्ताङको लोमान्थाङ–५ लोवाथाङमा हाईअल्टिच्युड गल्फ कोर्ष निर्माणको योजना अघि बढाइएको छ । भदौभित्रमा गल्फ क्लब निर्माणको लागि प्राविधिक टोलीसहित लोमान्थाङ पुग्ने छ । गल्फ क्लब निर्माणपछि विश्वकै सर्वाधिक उचाईको गल्फ क्लब बन्नेछ ।

लोमान्थाङमा फुटबल र भलिबल प्रतियोगिता सुरु

अरु जिल्लामा खेलकुद सुनसान छ। तर, हिमालपारीको जिल्ला मुस्ताङमा भने खेलकुदको रौनक सुरु भएको छ। अरुतिर कोरोना विरुद्धको खोपको अभियानमा रहँदा माटोको शहर लोमान्थाङबासी भने खेलकुदमा रमाएका छन् । स्थानीयबासीमा खेलकुदको उत्साह छ।

लोमान्थाङको खेलग्राममा बास्केटबल र भलिबल कोर्ट तयार गरिँदै

एकवर्ष अघि हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा खेलग्राम निर्माण शुरु गरिएको थियो । लोमान्थाङ गाउँपालिका–६ किमलिङमा फुटबल मैदानसहितको खेलकुद पूर्वाधार निर्माण शुरु गरिएको छ । फुटबल मैदान सम्याएर छोडिएको छ ।

उपल्लो मुस्ताङमा दुईवटा सिँचाइ आयोजना

एकातिर पानीको समस्या, अर्कोति खेतीयोग्य जमिन सिँचाइ नहुँदा बाँझै राख्नुपर्ने । कुलो माथि छ । गुम्बा र बस्ती तल छ । कुलोबाट पानी चुहिँदा बस्तीभित्र पस्छ । गाईबस्तु पाल्न उस्तै सकस । समस्या वर्षौदेखि झेल्दै आएका छन् । वर्षौदेखि झेल्दै आएको समस्यालाई गण्डकी प्रदेश सरकारले सम्बोधन गरेको छ । त्यही पनि कष्टकर जीवनमा बाँचिरहेका उपल्लो मुस्ताङस्थित छोंसेरबासीको सिँचाइको सपना पूरा हुँदैछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्