२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कुटपिट र धारिलो हतियार प्रहारबाट गम्भीर घाइतेको मृत्यु

कुटपिट र धरिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सिरहा नगरपालिका–२ निवासी ४५ वर्षीय प्रताव रायको भारतको सिलिगुडीस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोे छ।

परमाणु हतियार परीक्षण कसैले रोक्न सक्दैन : किम जोन उन

उत्तर कोरियाली नेता किम जोन उनले कुनै पनि प्रतिबन्ध तथा चेतावनीले परमाणु हतियार परीक्षणलाई रोक्न नसक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको नयाँ प्रतिबन्धको निन्दा गर्दै उनले त्यसलाई अमानवियताको पराकाष्ठा भनेका छन्।

एम-१६ हतियारबाट गोली हानेर सहकर्मीको हत्या

फेवाताल किनारको रत्नमन्दिर सुरक्षार्थ खटिएका सेनाले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन्। दार्चुला घर भइ रत्नमन्दिरमा कार्यरत प्युठ बसन्त लोहारले बैतडीका गणेशसिंह विष्टको गोली हानी हत्या गरेका हुन्।

सुतिरहेकी युवतीमाथि हतियार प्रहार

गए राति सुतिरहेका बेला अपरिचित व्यक्तिले धरिलो हतियार प्रहार गर्दा गौशाला नगरपालिका– ५ शिवभक्तिखोरकी २५ वर्षीया रीतादेवी गिरी गम्भीर घाइते भएकी छन्।

हतियारसहित बाबुछोरा पक्राउ

तीन नाल भरुवा बन्दुकसहित प्रहरीले बाबुछोरालाई प्रक्राउ गरेको छ । भूमे गाउँपालिका–२, काँक्रीका कामी बुढा र उनका २० वर्षीय  छोरा करले पुन प्रहरीले पक्राउ गरेको हो ।

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

खोटाङमा स्याउला र घाँस काट्न गएकी महिलाको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ। जंगलमा स्याउला र घाँस काट्न गएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थान हलेसीकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको मंगलबार साँझ हत्या भएको हो।

घरेलु हतियारसहित उम्मेदवारका छोरा पक्राउ

नेकपा मोआवादी केन्द्रको तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङको छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ ।

सिरियाली सरकारले रसायनिक हतियार प्रयोग गरेको पुष्टि

सिरियामा दुई हप्ता अगाडि भएको आक्रमणमा सरकारले नै  रसायनिक हतियारको प्रयोग गरेको अर्गनाइजेसन फर प्रोहिविशन अफ केमिकल वेपेन्सले गरेको अध्ययनले पुष्टि गरेको छ ।

म्याद सकियो, हतियार बुझाइएन

जिल्ला प्रशासन कार्यालयले इजाजतपत्र प्राप्त हातहतियार स्थानीय प्रहरी कार्यालयमा बुझाउन आग्रह गरे पनि अझै ३५ वटा हातहतियार नबुझाएको पाइएको छ।

दर्ता हतियार खोज्दै गृह

गृह मन्त्रालयले अनुमति लिएर राखिएका निजी हतियार खोज्न थालेको छ। स्थानीय तह निर्वाचन सुरक्षामा चुनौती बन्न सक्ने भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण गराएपछि गृहले जिल्ला प्रशासन कार्यालयमा दर्ता निजी हतियार खोजी सुरु गरेको हो।

हतियार बुझाउन जिप्रका बाँकेको आग्रह

जिल्ला प्रशासन कार्यालय बाँकेले आफूहरुसँग भएका सम्पूर्ण हातहतियार यही चैत २४ गतेभित्र बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

टाउकोमा धारिलो हतियार प्रहार गर्ने दुई पक्राउ

धारिलो हतियार प्रहार गरी कुटपिट गरेको आरोपमा शिवराज नगरपालिका–१२ रुद्रपुर बस्ने सतार मिया जलिल गद्धी र राम सेवक यादवलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

'हतियार बोक्न रोक'

निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि व्यक्तिगत रुपमा पेस्तोल, लाठी, खुकुरीलगायत हातहतियार बोक्न रोक लगाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। गृह र रक्षा मन्त्रालयका सचिवसँग बिहीबार छलफलपछि आयोगले गृहमन्त्रालयलाई पत्राचार गर्दै निर्वाचन सुरक्षाका लागि व्यक्तिले हातहतियार लिएर हिँड्न नपाउने गरी नियन्त्रण व्यवस्था मिलाउन निर्देशन दिएको हो।

रुपन्देहीमा प्रहरी चौकीमाथि ढुंगामुढा, दुई थान हतियार लुटियो

रुपन्देहीको दक्षिणी मर्चवार वडवलियामा रहेको प्रहरी चौकीमा स्थानीयले ढुगांमुढा प्रहार गरेपछि त्यस क्षेत्रको अवस्था तनावग्रस्त भएको छ। आक्रमणकारीले प्रहरीको हतियार समेत लुटेका छन्।

'हतियार उत्पादन बढाऊ, संख्या नथप'

नेपाली सेनालाई आवश्यक हातहतियार, गोलीगट्ठा र बन्दोबस्तीका सामान आफैं उत्पादन बढाउन सुरक्षाविज्ञले सरकारलाई सुझाव दिएका छन्। सेनालाई व्यावसायिक, सक्षम र आत्मनिर्भर बनाउन अल्पकालीन तीनवर्षे गुरुयोजना सिफारिस गर्दै उनीहरुले तत्काल सैनिक संख्या भने नबढाउन भनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्