७ वैशाख २०७८ मंगलबार

'म हिंसा सहन्न, आत्मरक्षा गर्न सक्छु'

दिनहुँजसो ठाउँ–ठाउँमा भएका हिंसा र दुर्व्यवहारका घटना सुन्दै आइरहेकी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ की सिम्रिका गिरीलाई मनमा धेरै डर लाग्थ्यो । सल्यानटारको रानीपौवा माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत गिरी आफूमाथि, छरछिमेकमा यस्ता घटना भइहाले कसरी प्रतिकार्य गर्ने भन्ने अन्यौलमा थिइन् ।

आयोगको टोलीमाथि भएको दुर्व्यवहारको तीन दिनभित्र जानकारी गराउन पत्राचार

बादी समुदायका मागहरु एवम् सो सम्बन्धमा प्रदेश सरकारबाट गरिएको पहलबारे छलफल तथा जानकारी लिन प्रमुख सचिवको कार्यालयमा गएको अनुगमन टोलीलाई ‘तपाईँहरुले मागेको जानकारी दिन आवश्यक छैन, हामीले जानकारी दिन तपाईँहरु आयुक्त हो र ?’ भन्दै प्रमुख सचिव श्रेष्ठले दुर्व्यवहार गरेका थिए ।

कर्णाली प्रदेशका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार

खाना, नाना र छानाको माग गर्दै आन्दोलनरत कर्णालीका बादी समुदायको माग र कर्णाली प्रदेश सरकारले गरिरहेको पहलका विषयमा छलफल गर्न आएको राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसहितका अधिकारकर्मीहरुलाई कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले दुर्व्यवहार गरेका हुन् ।

दुर्व्यवहारको डरले लुक्न बाध्य संक्रमित

एकातिर रोगको र अर्काेतिर घरबेटीको डर, त्यसैमाथि परिवारलाई केही हुने हो कि भन्ने अर्को पिरलोले बढी नै तनाव हुने गरेको एक संक्रमित युवकले बताए।

किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २५ वर्षीय धनजीत राई र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय चन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

नदी दोहनको समाचार लेख्ने पत्रकारलाई दुर्व्यवहार

तामाकोसी नदीमा रातभरी अवैध रुपले डोजर हालेर नदी दोहन गरी बालुवा तस्करी भएको समाचार लेखेका पत्रकारलाई दुर्व्यवहार गरिएको छ। स्थानिय प्रशासनले असार यता नदी भित्र डोजर हाल्न निषेध गरे पनि रातभरी नदीमा डोजर हालेर दोहन भइरहेको समाचार लेखेका सगरमाथा टेलिभिजन र राम्रो पोष्ट अनलाइनका पत्रकार कैलाश लामालाई दोहनमा संलग्न एक युवाले दुर्व्यवहार गरेका हुन्।

छिमेकीले छिःछिः र दूरदूर गरिरहेका बेला जनप्रतिनिधि घरमै भेट्न आएपछि रोए संक्रमित

यो अभियानले कोरोना सङ्क्रमितको मनोबल बढेको मात्रै होइन, सङ्क्रमितलाई दुर्व्यवहार गर्न खोज्ने, सहयोग नगर्ने तथा सङ्क्रमितका कुरा काटेर बस्नेहरूको मुखसमेत बन्द भएका छन् ।

कोरोनाको बहानामा मजदुर र गाडी चालकमाथि दुर्व्यवहार

देशकै प्रमुख औद्योगिक करिडोरको रूपमा रहेको वीरगन्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत सिमरामा सञ्चालित उद्योगमा काम गर्न आउने मजदुर र कच्चा पदार्थ लिएर आउने गाडीका चालकमाथि दुर्व्यवहारका घटना बढ्दै गएपछि उद्योग सञ्चालनमै समस्या आएको उद्योगीको गुनासो आउन थालेको छ।

रंगभेदी व्यवहार भयोः आर्चर

तीव्र गतिका इङ्लिस बलर जोफ्रा आर्चरले आफूमाथि रंगभेदी दुर्व्यवहारका कारण अपमानित महसुुस गरेकाले वेस्ट इन्डिजविरुद्धको निर्णायक तथा तेस्रो टेस्ट खेल्न सक्ने अवस्था नरहेको बताएका छन्।

महिलाको कपाल मुण्डन गरी दुर्व्यवहार गर्ने चार पक्राउ

छिपमहरमाई गाउँपालका–३ जयमंगलापुरमा एक जना करिब ४५ वर्ष उमेर भएकी महिलालाई कपाल मुण्डन गरेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

सिमेन्ट उद्योग र स्थानीयबीच टकराब बढ्दै

केहि समययता रोल्पा सिमेन्ट प्रालि बिबादमा तानिएको छ । झट्ट हेर्दा चुनढुङ्गा बोक्ने विषयमा असहमति देखिए पनि त्यहाँभित्र उद्योगले स्थानीय स्तरमा गर्नैपर्ने काम समेत नगरेका कारण स्थानीयहरु समेत थप आक्रोसित बनेका हुन् ।

ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन

विश्वमै ज्येष्ठ नागरिकको जनसंख्या बढ्दो छ । उमेरका हिसाबले ज्येष्ठ नागरिकमाथि हुने भेदभाव अनेक पाइन्छन् । विश्वमै भएको वर्तमान कानुनले ज्येष्ठ नागरिकको मानव अधिकार संरक्षण गर्नबाट चुकेको प्रशस्त उदाहरण भेटिन्छ ।

उपाध्यक्षद्वारा प्रशासकीय अधिकृतविरुद्ध उजूरी

जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुर्व्यवहार गरेको आरोपसहित उजूरी दिएकी छिन्।

पत्रकारमाथि प्रदेश सांसदले गरेको दुर्व्यवहारप्रति महासंघको आपत्ति

नागरिक दैनिकका कर्णाली ब्यूरो प्रमुख नगेन्द्र उपाध्यायलाई मुगुका कर्णाली प्रदेशका सांसद दानसिंह परियारले अपशब्द प्रयोग गरेको प्रति नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार शाखाका सचिव सुदीप पुरीले एक विज्ञप्ती जारी गर्दै सांसद जस्तो गरिमामय पदमा रहेकै व्यक्तिबाट पत्रकार अपमानित हुनु दुर्भाग्य भएको जनाएका छन्।

हार्वी वाइन्स्टिनलाई २३ वर्ष जेल

सो सजायलाई संसारभर चलेको ‘मिटु’ अभियानको सफलताका रूपमा लिइएको छ। सन् २०१३ मा लस एन्जल्समा दुई जना महिलालाई कुटपिट गरेको समेत उनीमाथि आरोप छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्