८ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज (सोमबार) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्रीका रूपमा उनले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो।

विश्वासको मतका लागि आवश्यक पत्र प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ। ९३ सदस्यीय कोशी प्रदेश सभामा हाल ९२ सांसद कायम छन्।

सत्ता समीकरणमा रहेका नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ गरी ५७ सांसद छन्। यस्तै, नेपाली कांग्रेसका २९, राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित ५ र जनता समाजवादी पार्टी नेपालका १ सांसद छन्।

कांग्रेसले भदौ ३ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।

प्रकाशित: ८ भाद्र २०८३ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App