७ आश्विन २०८१ सोमबार
image/svg+xml

सशस्त्र प्रहरीद्वारा हतियारसहित तीन पक्राउ

लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए।

बैंकिङ कसुरमा दोषी भई फरार रहेका रगुन पक्राउ

उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३६ लाख जरिवाना र सात दिन कैद हुने ठहरपछि फरार रहेका मकवानपुरको हेटौँडा घर भई काठमाडौँको क्षेत्रपाटी बस्ने ३८ वर्षका रगुन खड्कालाई पक्राउ गरिएको हो।

नगरकोट गैरीगाँउबाट १३ जुवाडे पक्राउ

भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. ६ नगरकोट गैरीगाँउबाट बुधबार प्रहरीले जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ।

निलम्बन फुकुवा गर्न माग

बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन्।

स्रोत नखुलेको आठ लाखसहित युवक पक्राउ

स्रोत नखुलेको करिब रु आठ लाखसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई गए राति प्रहरीले पक्राउ गरेको छ।

अपहरित नाबालिका सकुशल मुक्त, अपहरणमा संलग्न पाँच पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–१६ पुल्चौकस्थित आफ्नै घरबाट अपहरणमा परेकी ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टिलाई आज साँझ ६ बजेतिर धनुषाको बिदेह नगरपालिका–८ बफैयबाट प्रहरीले मुक्त गराएको हो।

बैंक तथा वित्तिय संस्था ठगी गर्ने समूहका दुई जना पक्राउ

बैंक तथा वित्तिय संस्थाका कर्मचारी, जिम्मेवार उच्च पदस्थ व्यक्तिसहित गलत नियत भएका व्यक्तिद्दारा ठगी गर्ने क्रम बढीरहेका बेला सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

रेडपाण्डाको छालासहित चार पक्राउ

प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ। उनीहरुलाई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अञ्जना होटलबाट आइतबार पक्राउ गरिएको हो।

लागूऔषधसहित दुई किशोर पक्राउ

नवलपरासीबाट काठमाडौँ आउँदै गरेको लु १ ख ८२६३ नम्बरको बसलाई जाँच गर्ने क्रममा भुजाको बोराभित्र लुकाइ ल्याएको अबस्थमा उक्त औषधसहित पक्राउ गरिएको हो।

बैंकिङ अपराधका दोषी पक्राउ

उच्च अदालत पाटनको २०७८ फागुन १० को फैसलाले बैंकिङ कसुर मुद्दामा रु २० लाख जरिवाना र पाँच दिन कैद सजाय हुने ठहर भइ उनी फरार हुँदै आएका थिए।

१६ वर्षअघि अपराध, बहराइनमा पक्राउ

नेपालमा अपराध गरेर फरार व्यक्ति कुनै देशमा लुकेको अवस्थामा त्यहाँको प्रहरीले पक्राउ गरेर हवाईजहाज चढाएर नेपाल पठाउँछ। नेपाल प्रहरीले विमानस्थलस्थल पुगेर जहाज चढेर आएका अपराध गर्ने ती व्यक्तिलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गर्दै मुद्दाअघि बढाउँछ। तर, झन्डै १६ वर्षअघि पोखरामा व्यक्ति हत्या गरेर फरार भएका एक व्यक्तिलाई पक्राउ गर्न नेपाल प्रहरी बहराइनसम्म पुगेको छ।

लागुऔषधसहित तीन युवा पक्राउ

पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा–१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेको प्रहरीले जनाएको छ।

मध्यरातमा गाडी रोकी तोडफोड गर्ने पक्राउ

पक्राउ पर्नेमा व्यास –५ स्थायी घर भई व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भई हाल व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास–५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पाँच वर्षदेखि फरार तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय काभ्रेले ती प्रतिवादीलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाइने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्