२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

अपहरित नाबालिका सकुशल मुक्त, अपहरणमा संलग्न पाँच पक्राउ

अपहरणमा परेको २४ घण्टाभित्र धनुषा प्रहरीले आज साँझ एक नाबालिकालाई अपहरण मुक्त गराउन सफल भएको छ भने अपहरणमा संलग्न रहेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका–१६ पुल्चौकस्थित आफ्नै घरबाट अपहरणमा परेकी ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टिलाई आज साँझ ६ बजेतिर धनुषाको बिदेह नगरपालिका–८ बफैयबाट प्रहरीले मुक्त गराएको हो।

बालिकाको अपहरणमा संलग्न रहेको आरोपमा पाँचजनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

बिहीबार साँझ आफ्नै घर आँगनबाट अचानक नाबालिका बेपत्ता भएको भन्दै परिवारजले प्रहरीमा जानकारी गराएका थिए। सूूचना पाएलगत्तै प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले नाबालिकाको खोजी सुरु गरेको थियो।

त्यही क्रममा नाबालिकाका बुबाको मोबाइलमा अपहरणकारीहरूले रु १५ लाख फिरौती माग गर्दै गरेको फोनका आधारमा मोबाइल नेटवर्किङ पत्ता लगाउँदै अपहरणकारीसम्म पुग्न सफल भएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए। अपहरण मुक्त गराउन सफल भएकी नाबालिकाको स्वास्थ्य परीक्षणपश्चात् आजै साँझ परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १२ चैत्र २०७८ ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App