२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

क्यानडा पठाइदिन्छु भनेर ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने काठमाडौं महानगरपालिका–७ मित्रपार्कस्थित एक्स वाई इन्टरनेशनल कन्सल्टेन्सीका संचालक पक्राउ परेका छन्। काठमाडौं महाराजगंज बस्ने सप्तरीको विष्णुपुर गाउँपालिका–१ ठेगाना बताउने ३० वर्षीय अशोककुमार यादव र काठमाडौं चावहिल बस्ने रौतहटको बिजयापुर नगरपालिका–५ घर बताउने ३८ वर्षीय इश्वरी शिवभक्ति यादवलाई महानगरीय अपराध महाशाखाको प्रहरीले कात्तिक २२ गते पक्राउ गरेको हो।

एनआरएन सम्मेलनमा आएका थापा ठगी आरोपमा पक्राउ

गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौं सम्मेलनमा भाग लिन जापानबाट काठमाडौं आएका अनुज थापा ७ करोड रुपैयाँ ठगी अभियोगमा पक्राउ परेका छन् ।

एनआरएन नेता थापा ७ करोड ठगीमा पक्राउ

जापानबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) काे आइसीसी सदस्य चयन भएका अनुज थापालाई महानगरीय प्रहरी परिसरले काठमाडौंबाट पक्राउ गरेको छ। एनआरएनएको आठौं ग्लोबल सम्बेलनमा सहभागी हुन जापानबाट आएका उनलाई ७ करोड रुपैयाँ ठगी अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो।

किष्ट बैंक ठगीमा फरार पक्राउ

तत्कालीन किष्ट बैंक ठगीमा दोषी ठहर भई फरार रहेकी देवकी वस्ताकोटी पक्राउ परेकी छिन् । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार उनलाई टंकीसिनवरी बाँसबारी, मोरङबाट पक्राउ गरेको हो।

पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष दुई करोड ठगी प्रकरणका मुख्य मतियार

जापान मान्छे पठाइदिन्छु भन्दै दुई करोडभन्दा बढी रकम ठगी गर्ने प्रकरणमा पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तिलक मल्लको संलग्नता देखिएको छ। जापानमा आकर्षक रोजगार लगाइदिने भन्दै गोविन्दप्रसाद तिवारी नेतृत्वको गिरोहले नेपालमा दुई करोडभन्दा बढी रकम असुलेको थियो। जापानमा राम्रो रोजगारी लगाइदिने भन्दै उनीहरुले प्रतिव्यक्ति ४० लाखसम्म असुलेर उनीहरु गायब भएका थिए।

फेरि पिरामिड शैलीमा ठगी धन्दा

छोटो समयमा उच्च नाफा हुने प्रलोभनमा सर्वसाधारणको सात अर्बभन्दा बढी रकम ठगी गरेको युनिटी इस्योरेन्स शैलीमै नेटवर्क ठगी धन्दा फेरि सुरु भएको खुलेको छ। चिकित्सक, इन्जिनियर र चार्टर्ड एकाउन्टेन्ट व्यवसायमा सक्रियको संलग्नतामा नयाँ नेटवर्किङ धन्दा सुरु भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको हो।

सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने नक्कली कर्णेल पक्राउ

सेनामा जागिर लगाइदिन्छु भनी ठगी गर्दै हिँड्ने एकजना प्रहरीको फन्दामा परेका छन्। मकवानपुरको हेटौँडा व्यारेकमा कर्णेल रहेको बताउने हिमाल मल्ल भन्ने व्यक्तिलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ।

सेनामा भर्ती गरिदिने भन्दै ठगी गर्ने पक्राउ

नेपाली सेनाको सैन्यमा जागिर लगाइदिने भन्दै गाउँका सोझासाझा युवासँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले एकजनालाई पक्राउ गरेको छ ।

सेन्ट जेभिर्समा भर्ना गर्दिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

जावलाखेलस्थित सेन्ट जेभिर्स स्कूलमा भर्ना गर्दिन्छु भनेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ, सिसहनिया-१ स्थायी घर भई कुमारीपाटी बस्ने सुगम भन्ने बाबुराम सुवेदी तथा रामेछाप, गेलु-२ स्थायी घर भई वानेश्वर बसोबास गर्ने विनोद भन्ने बिमल खड्का छन्।

पेट्राेलियम परिमाणमा आयल निगमबाटै ‘ठगी’

नेपाल आयल निगमले पेट्रोल पम्पलाई तोकिएको परिमाणभन्दा कम तेल (डिजेल, पेट्रोल) दिएको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले गरेको छड्के अनुगमनमा चार हजार लिटरमा ९९ लिटर कम पेट्रोल दिएको तथ्य फेला परेको हो । गुणस्तर, निगम, आपूर्ति विभाग र पेट्रोल व्यवसायीको संयुक्त टोलीले काठमाडौंको कालीमाटीस्थित माली पेट्रोल पम्पमा सोमबार ट्यांकरको पेट्रोल नाप्दा परिमाण कम भेटिएको हो ।

सुरक्षा निकायकै पम्पमा तेल ठगी

सुरक्षा निकायलेनै सञ्चालन गरेको पम्पमा उपभोक्तालाई तेलमा ठगी गरेको भेटिएको छ । गुणस्तर तथा नापतौलले बिहीवार गरेको अनुगमनमा शसस्त्र प्रहरीले सञ्चालन गरेको गुहेश्वरी पम्प भक्तपुरमा उपभोक्तालाई कम तेल दिएको पाइएको छ ।

स्वाइप मेसिनबाट करोडौं ठगी गर्ने गिरोह पक्राउ

अटोमेटिक टेलर मेसिन (एटिएम) बाट ठगीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका सदस्य समातिन थालेपछि सो गिरोहले आफ्नो ध्यान प्वाइन्ट अफ सेल मेसिन (पसलमा राखिने एटिएम स्वाइप गर्ने मेसिन) मा केन्द्रित गरेको छ। प्वाइन्ट अफ सेल मेसिनबाट  गिरोहले करोडौं रुपैयाँ ठगी गरेको भेटिएको छ।

युरोप-अमेरिका प्रलोभनमा करोडौं ठगी

पर्वत, कुश्मा–८ का शेरबहादुर परियारलाई अचेल न रातमा निद्रा छ, न दिनमा भोक नै। वैदेशिक रोजगारीबाट कमाएको रकमले जीविकोपार्जन गर्ने उद्देश्य लिएका परियारले उल्टै विदेश मोहमा लाखौं रकम गुमाएपछि निद हराम भएको हो।

डलर साट्ने नाममा ठगी गिरोह सक्रिय

देउमाया रिमालले गत पुस २८ गते महानगरीय प्रहरी अपराध महाशाखामा डलर साट्ने भन्दै १० लाख रुपैयाँ ठगेको आरोपमा बुनु तामाङ लामाविरुद्ध उजुरी दिइन्।

फेसबुकमा महिलालार्इ साथी बनाएर ठगी गर्ने पक्राउ

फेसबुकमार्फत महिलालाई साथी बनाई ठगी धन्दा गर्ने एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ। प्रकाउ पर्नेमा राम्जाकोट–२ पिपलटारका २७ वर्षिय मोहनबहादुर पाटामगर रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्