१० श्रावण २०८३ आइतबार
image/svg+xml

वीरगन्जका डाक्टर हड्तालमा उत्रिएपछि अस्पतालको उपचार सेवा ठप्प

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह, वडा अध्यक्ष चतुर्वेदी, सुरक्षा निकायका प्रतिनिधि र मृतकका आफन्तहरूबिच घटनाको छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने लगायतका सहमति भएको हो।

एपिएफ स्कुलको ११ करोडभन्दा बढी रकम हिनामिना प्रकरण: अख्तियारले थाल्यो भ्रष्टाचार अनुसन्धान

अख्तियारले सशस्त्र प्रहरी निरीक्षक तथा विद्यालयकी लेखा अधिकृत कल्पना गुरुङ र एमडी एड्भेन्चर टुर्स एन्ड ट्राभल्सका सञ्चालक लीलाबहादुर लामा (टासी) माथि अनुसन्धान थालेको हो।

लयर्स फुटसल कपको उपाधि नेपाल न्यायलाई, टाइब्रेकरमा भक्तपुर बार ‘ए’ पराजित

भक्तपुर बार एसोसिएसनको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा भक्तपुर बार ‘ए’लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल न्यायले उपाधि जितेको हो।

कांग्रेसको नीति प्रतिष्ठानमा जिम्मेवारी बाँडफाँड

बैठकले उपसमितिहरूको कामलाई व्यवस्थित, समन्वयात्मक र प्रभावकारी बनाउने उद्देश्यले जिम्मेवारी निर्धारण गर्ने निर्णय गरेको हो।

ट्रम्पलाई ब्राजिलको झट्का : दुई अमेरिकी अधिकारीलाई भिसा दिएन

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सिनेटर फ्लाभियो बोल्सोनारो विरुद्ध पुन: चुनावमा उम्मेदवारी दिनेछन्।

एमाले रूपान्तरणका लागि नेतृत्वको सम्मानजनक बिदाइ गर्न आव्हान

नेकपा एमालेका युवा नेताहरूले पार्टीको रूपान्तरणका लागि नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्ने आव्हान गरेका छन्।

फिर्केमा डोजर : कोतरेर छाडिएको संरचना अझै हटेनन्

एक हप्ता भित्रैमा फिर्के खोलाघरका संरचना हटाइसक्ने भनेर गरिएपनि दुई महिना बित्दासमेत कोतरेर छाडिएको संरचना नभत्किएपछि नागरिक समाज पोखराले खबरदारी गर्न सुरु गरेको छ।

जेलेन्स्कीको दाबी : रूसले उत्तर कोरियासँग ३० हजार थप सैनिक माग्यो

रूस र उत्तर कोरियाले सन् २०२४ मा सैन्य सहायता सन्धिमा हस्ताक्षर गरेका थिए। उत्तर कोरियाले यस हप्ता आफ्ना विदेशमन्त्री चोई सोन-हुईको मस्को भ्रमणको क्रममा युक्रेनमाथिको रूसको युद्धलाई आफ्नो समर्थन पुनः पुष्टि गरेको थियो।

ठाकुर गैरे भन्छन्: एमबीबीएस प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ

गैरेले एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा नैतिक जिम्मेवारी स्वीकार गर्दै शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्।

महेश बस्नेत भन्छन् : भारतमा प्रश्नपत्र बाहिरिँदा मन्त्री आउट, नेपालमा चाहिँ छानबिन समिति मात्रै?

नेकपा एमालेका सचिव महेश बस्नेतले त्रिभुवन विश्वविद्यालयको परीक्षामा भएको प्रश्नपत्र चुहावटको विषयलाई लिएर सरकार र शिक्षा मन्त्रीमाथि कडा प्रहार गरेका छन्।

शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नियुक्तिमा विवाद

निजी मेडिकल कलेजसँग स्वार्थ बाझिने व्यक्तिलाई राजनीतिक पहुँचका आधारमा नियुक्त गरिएको आरोप सार्वजनिक भएपछि नियुक्तिमाथि प्रश्न उठेको हो।

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

‘प्रभावित नागरिकको जीवनरक्षा, तत्काल उद्धार, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण तथा विस्थापितको उचित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी प्रभावकारी रूपमा काम गर्न सम्बन्धित सबै निकायलाई हार्दिक अनुरोध गर्दछु’, आङ्देम्बेले विज्ञप्तिमार्फत भनेका छन्।

माइतीघर डुवानको कारण खोज्दै काठमाडौं‌ महानगर

अनुगमनपछि कार्यवाहक प्रमुख डंगोलले, सम्बन्धित कार्यालयका अधिकारीहरुको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिएकी थिइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्