७ वैशाख २०८१ शुक्रबार

कमिसनको चक्करमा कालिकोटमा खाद्यान्न अभाव

कर्णाली लगायतका दुर्गममा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमै चामल पाउनबाट वञ्चित भएका छन्।

खाद्यान्नमा सधैं खेलाँची

कमिसन, नाफाखोरी र ठेक्का लिन जस्तोसुकै कुकर्म गर्न पनि पछि नहट्ने हाम्रो संस्कारको परिणाम हो अहिलेको कर्णालीको खाद्यान्न समस्या। यस्तो प्रवृत्तिलाई पराजित गर्न सरकारबाटै उपयुक्त कदम चाल्नुको विकल्प देखिँदैन।

फितलो तयारीले बर्सेनि खाद्यान्न अभाव

सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ। कर्णालीलगायतका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन सकेका छैनन्।

खाद्यान्न अभाव भएपछि उत्तरी गोरखामा ९३ क्विन्टल चामल ढुवानी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाले मंगलवार र बुधवार ९३ क्विन्टल चामल ढुवानी गरेको कम्पनीका गोरखा स्थित कार्यालयका सुचना अधिकारी शिब सुनारले बताए।

छाङ्गरु र तिङ्करमा खाद्यान्न अभावः चामल प्रतिकेजी २ सय ५० रूपैयाँ

दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ। गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्