२६ वैशाख २०८१ बुधबार
image/svg+xml

ब्राजिलको मासु १४ देशमा बन्देज

ब्राजिलको मासुलाई १४ ओटा देशमा अझै पनि बन्देज लगाइएको ब्राजिलका कृषी मन्त्रीले बताएका छन्

इलेक्ट्रोनिक्स बन्देजले घटायो यात्रु

दुबई अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखले बेलायत र अमेरिका भ्रमणका क्रममा इलेक्ट्रोनिक्स उपकरण लैजान नपाइने नियमका कारण यात्रुको संख्यामा कमी आएको बताएका छन् ।

डाक्टरलाई बाहिर काम गर्न बन्देज

चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत चिकित्सकलाई अस्पतालबाहिर सेवा दिन रोक लगाइने भएको छ। यो अस्पताल मुलुककै ठूलो क्यान्सर अस्पताल हो। चिकित्सक अस्पताल समयमै निजी अस्पताल र क्लिनिकमा जाँदा सेवास्तर खस्किएको निष्कर्ष निकाल्दै सञ्चालक समितिले यस्तो निर्णय गरेको हो।

बन्देज लगाउन अनुगमन बढाउँदै प्रशासन

विद्यालयवरिपरि सुर्तीजन्य र लागू पदार्थ बिक्रीवितरणमा बन्देज लगाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुगमन बढाउने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले विद्यार्थीलाई लक्षित गरी विद्यालय आसपास सुर्ती र मदिराजन्य पदार्थ बिक्रीले शैक्षिक वातावरण नै खलबलाएकाले रोक लगाउन प्रभावकारी कदम चालिने बताए।

अख्तियार आसपास प्रदर्शन गर्न बन्देज

जिल्ला प्रशासन कार्यालय काठमाडौंले टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित पछिल्ला दिन अख्तियारअगाडि प्रदर्शन हुँदै आइरहेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्