१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

महासमिति बैठक बोलाउन नेता कोइरालाको माग

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महासमितिको बैठक छिटो बोलाउन माग गरेका छन् ।

मनोज पुन बनेर सांसद र व्यवसायीसँग पैसा माग्ने पक्राउ

मनोज पुनको नाममा व्यवसायी तथा प्रदेश सांसदसँग फिरौति माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। अपरिचित नम्बरबाट आफुलाई विभिन्न हत्याकाण्डमा संलग्न मनोज पुन हुँ भन्दै प्रदेश नम्बर ४ का सांसद तथा व्यवसायी बिन्दु थापा, व्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई अपरिचित नंम्बरबाट धम्कि दिई फिरौति मागेका थिए।

प्रधानन्यायाधीशकाे नागरिकताबारे जानकारी माग्दै डा. केसीको निवेदन

प्रधानन्यायाधीस गोपालप्रसाद पराजुलीको नागरिकताको सम्बन्धमा जानकारी माग्दै डा. गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा  निवेदन दिएका छन्।

‘प्रधानन्यायाधीशबाट ज्यानको खतरा’ भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले मागे सुरक्षा

प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यानमार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सुरक्षा माग्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन्।

सहयोग माग्दै ‘जिउँदा सहिद’

म संग घाइते शरिर बाहेक अरु छैन। भएको सम्पत्ती उपचारमा सकियो। साँझ बिहान छाक टार्न समस्या छ। म आफ्नो उपचार भन्दा पनि जीविकोपार्जनका लागि व्यापार गर्न चाहान्छु।‘ यस्तो दर्दानाक अवस्था हो २०४६ सालको जनआन्दोलनका जिउँदा सहिद मुसीकोट नगरपालिका–५, सोलावाङका ताराप्रसाद खड्काको।

हुलाकी राजमार्ग फराकिलो बनाउन माग

वीरगन्ज–कलैया–बरियारपुर हुलाकी सडक खण्ड फराकिलो गरी निर्माण जननिर्वाचित प्रतिनिधिले माग गरेका छन् । सडक फराकिलो नगरी पुरानै संरचनामा फेरि निर्माण गर्न लागेपछि त्यसको विरोध सुरु भएको हो ।

चूडामणी शर्माविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, श्रीमतीको नाममा रहेको सम्पति जफत गर्न माग

आन्तरीक राजस्व विभागका तत्कालिन महानिर्देशक चूडामणी शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोले अर्को मुद्दा दायर गरेको छ।

चिनीको भन्सार ५० प्रतिशत बढाउन माग

चिनी उद्योगी र किसानले चिनी आयातमा लाग्ने भन्सार महसुल ५० प्रतिशत बढाउन माग गरेका छन् । उद्योग र किसानलाई संकटग्रस्त अवस्थाबाट बचाउन भन्सार महसुल वृद्धि गर्न आग्रह गरेका हुन् ।

नेपाल भारत सीमामा काँडेतार लगाउन अखिलको माग

अनेरास्ववियु र अखिल क्रान्तिकारीले सीमा समस्याको दीर्घकालीन समस्याका लागि नेपाल भारत सीमामा काँडेतार लगाउनुपर्ने माग गरेका छन्। आझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पर्साको छपकैयाको सीमा अतिक्रमणको संयुक्त स्थलगत रुपमा गरिएको प्रतिवेदन बुझाउँदै यस्तो सुझाव दिएका हुन्।

कुलमानलाई बिना मगरको मागपत्र

कञ्चनपुर १ बाट निर्वाचित सांसद विना मगर नेतृत्वको टोलीले बुधबार प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको कार्यकक्षमा पुगेर कञ्चनपुरको दक्षिण क्षेत्रका जनताले भोग्नु परेको विद्युत सेवाको समस्या समाधानका लागि ६ बुँदे मागपत्र पेश गरेको हो।

सिद्धार्थ मल्होत्राले माफी मागे

भोजपुरी भाषाको अपमान गरेको भन्दै विरोध भएपछि बलिउडका युवा अभिनेता सिद्धार्थ मल्होत्राले माफी मागेका छन्।

‘चाइना पास’ रोक्न माग गर्दै ज्ञापनपत्र

जिल्ला बाहिरका नागरिकलाई चाइना पास वितरण नगर्न माग गर्दै रसुवाका युवाले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

भारतले अतिक्रमण नगरेको भन्ने नापीका कर्मचारीलाई कारबाहीको माग

वीरगञ्च छपकैयाको ५० विघाभन्दा बढी जमिन भारतले नमिचेको प्रष्टिकरण दिने नापी विभागका कर्मचारीलाई कारवाहीको माग गरिएको छ।

नागरिकता माग्दै ज्ञापनपत्र

आमा वा बुवा नेपाली नागरिक भएको सन्तानलाई नेपाली नागरिकता प्रमाणपत्र प्रदान गर्न माग गर्दै सर्लाहीबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ।

भारतीय पक्षले बनाइरहेको सीमास्तम्भ रोक्न माग

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले पर्साको वीरगंज महानगरपालिका–१ छपकैयामा भारतीय पक्षले नेपाली भूमि मिचेर बनाइरहेको सीमास्तम्भ तत्काल रोक्न माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्