१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

सिद्धार्थ मल्होत्राले माफी मागे

मुम्बई – भोजपुरी भाषाको अपमान गरेको भन्दै विरोध भएपछि बलिउडका युवा अभिनेता सिद्धार्थ मल्होत्राले माफी मागेका छन्।

आफ्नो आगामी फिल्म ‘अय्यरी’को प्रमोशनका क्रममा सलमान खानको टेलिभिजन शो ‘बीग बोस ११’मा भोजपुरीमा डाइलग बोलेका सिद्धार्थले भोजपुरी बोल्दा ‘थोरै लट्रिनजस्तो फिलिङ्ग आयो तर राम्रो लाग्यो।’ भन्ने प्रतिक्रिया दिएका थिए। ‘लट्रिन’ शब्दको अर्थ शौचालय अर्थात गन्ध भन्ने बुझिन्छ।

उनको यो अभिव्यक्तिपछि राष्ट्रिय टेलिभिजनबाट भोजपुरीको अपमान गरेको भन्दै निर्देशक निता एन चन्द्राले ट्वीटरमार्फत विरोध गरेकी थिइन्। उनले सिद्धार्थबाट यस्तो अपमानजनक शब्दको अपेक्षा नगरेको भन्दै उनको आलोचना गरिन। त्यसपछि भोजपुरी भाषी फ्यानबाट उनको चर्काे विरोध गरे।

फ्यानबाट विरोध र आलोचना भएपछि सिद्धार्थले भोजपुरी भाषाको अपमान गर्ने आफ्नो कुनै सोच नरहेको भन्दै ट्वीटरबाट भुलवश शब्द प्रयोग हुनगएकोमा क्षमा मागे। उनले भोजपुरी भाषीको भावनामा ठेस पुगेकोमा पश्चताप गरेका छन्।

प्रकाशित: १० माघ २०७४ ०९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App