१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कुलमानलाई बिना मगरको मागपत्र

काठमाडौं – कञ्चनपुर १ बाट निर्वाचित सांसद विना मगरले जिल्लाको विद्युत समस्याबारे नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएकी छन्।  

सांसद मगर नेतृत्वको टोलीले बुधबार प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको कार्यकक्षमा पुगेर कञ्चनपुरको दक्षिण क्षेत्रका जनताले भोग्नु परेको विद्युत सेवाको समस्या समाधानका लागि ६ बुँदे मागपत्र पेश गरेको हो।

ज्ञापन पत्रमा कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रमा विद्युत सेवाको बिस्तार भएपनि गुणस्तरीय सेवा प्रवाह हुन नसक्दा स्थानीय जनताले समस्या भोग्नु परेको समस्या हल गर्न अनुरोध गरिएको छ।

जिल्लाको क्षेत्र नम्बर १ मा पर्ने पुनर्वास र बेलौरी नगरपालिका तथा लालझाडी र बेल्डाँडी गाउँपालिकामासब स्टेशनको अभाव, ट्रान्सफर्मर जडान हुन नसक्न, अनियमित विद्युत आपूर्ति तथा न्यून भोल्टेजको समस्याले गर्दा घरायसी, कृषि प्रयोजन तथा उद्योगहरुमा गुणस्तरीइ विद्युत सेवा उपयोग गर्न नसकिएको भन्दै ज्ञापन पत्रमा कृषि, काष्ठ, डिष्टिलरी, स्वास्थ्यलगायतका सेवा र उद्योगहरु सञ्चालनमा कठिनाई देखिएले भोल्टेज लगायतका समस्या हल गर्न माग गरिएको छ।

यसैगरी मागपत्रमा चारवटै स्थानीय तहका ४० हजार बढी घरधुरीले विद्युत महसुल सेवा बेलौरीमा रहेको एउटा मात्रै काउण्टरबाट बुझाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै चारवटै स्थानीय तहमा महसुल काउण्टर स्थापना गर्न माग गरिएको छ। ‘महसुल काउण्टर पायक पर्ने स्थानमा नहुँदा वर्षायाम खोला र नदीहरुमा आउने बाढीको त्रास झेलेर ज्यान जोखिममा राखेर महसुल बुझाउनुपर्ने अवस्था रहेको छ’, मागपत्रमा भनिएको छ।

मागपत्रमाथि छलफलपछि महानिर्देशक कुलमान घिसिङले बैठकस्थलबाटै प्रदेश नम्बर ७ को क्षेत्रीय निर्देशनालय अतरियाका प्रमुख तारा शर्मालाई फोन गरी तत्काल समस्या समाधानका लागि निर्देशन दिएका छन्।

चारवटै स्थानीय तहमा काउण्टर स्थापना गर्न पहल गर्ने, तत्कालका बेल्डाँडी, पुनर्वास र लालझाडीमा घुम्ती महसुल काउण्टर सञ्चालन गर्ने, भोल्टेजको समस्या हल गर्न आवश्यकता अनुसार तत्काल नै ट्रान्सफर्मर जडान गर्ने, दीर्घकालिनरुपमा चारवटै स्थनीय तहलाई पायक पर्ने स्थानमा सब स्टेशन स्थापनाका लागि प्रस्ताव तयार गर्ने, उक्त क्षेत्रका सबै लाइनलाई थ्री फेजमा अपग्रेड गर्ने काम अगाडि बढाउन महानिर्देशक घिसिङले निर्देशन दिए। सब स्टेशनलगायतका सबै कामहरु यसै चैत मसान्तभित्र नै पुरा गर्न उनले निर्देशन दिए।

प्रकाशित: १० माघ २०७४ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App