१० असार २०८१ सोमबार
image/svg+xml

नेप्सेमा १० दशमलव ६२ अङ्ककाे गिरावट

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ।

सम्पत्ति नास हुने चिन्ताले जोखिमका बीच बेलकावासी घरमै

‘घर छाडेर हिड्यो भने त घरको तख्ता खोज्न पनि कोशी ब्यारेजतिर पुग्नुपर्छ,’ बेलका वडा नं. ३ का नन्दकिशोर मेहत्ताले भने, ‘हामीले घर छाडेपछि सम्पत्ति केही पनि रहदैन्।’

कोसीमा पानीको बहाब फेरि बढ्नसक्ने भएकाले ब्यारेजका ढोका खोलियो

कोशी ब्यारेजले ९ लाख क्यूसेक बहाव धान्नसक्ने बताइएपनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्यूसेक माथिको बहावलाई प्राविधिकहरुले सम्भावित जोखिमका रुपमा लिने गरेका छन्। सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ। यस्तै ब्यारेजका २९ वटा ढोका खोलिएको छ।

कोशी बस्तीमा पसेपछि गाउँ छाड्न थाले स्थानीयवासी

उदयपुरको बेलका नगरपालिका- ८ स्थित जिरो पोइन्टबाट सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ।

सप्तकोशीको बाँध फुट्यो,१ हजार बढी घरपरिवार उच्च जोखिममा

बाँध फुटेसँगै नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान सुरु गरेपछि श्रीलंका टापुका स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ।

सप्तकोशीमा पानीको बहाव उच्च भएसँगै श्रीलंका र गरैया टापुमा खतरा

सप्तकोशी आइतबार साँझ ५ बजेको मापनअनुसार यस वर्षकै उच्च पानीको बहाव दुई लाख ७४ हजार ५ क्यूसेक प्रतिसेकेन्ड पुगेको छ।

सप्तकोशीको बहाव यस वर्षकै उच्च बिन्दुमा

सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ। केही दिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो।

सप्तकोसीमा बढ्यो पानीको बहाव, बल्यो रातो बत्ती

कोशी ब्यारेजमा अहिले पश्चिम र पूर्वतर्फ खतराको संकेत रातो बत्ती बालिएको छ। यद्यपि, अहिलेसम्म पूर्वी तटीय क्षेत्रमा कुनै समस्या नरहेको प्रशासन कार्यालयले जनाएको छ।

सप्तकोशीको पूर्वी र पश्चिमी भँगालाको बीचको बस्तीमा बिजुली

सप्तकोशी पूर्वी तटवन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो पार गरेर झन्डै तीन किलोमिटर वालुवै वालुवाको बगर पार गरेपछि एउटा बस्ती आउँछ।

सप्तकोशीले पूर्वी तटबन्धको दुईवटा स्पर निरन्तर कटान

सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेर क्रमशः घट्दै गएपनि पूर्वी तटबन्धको सुनसरी बराहक्षेत्र वडा नं. ६ को दुईवटा स्परमा कटान थालेको छ । बराहक्षेत्र वडा नं. ६ को ठाकुरबारीमा रहेको स्पर नं. ९ र १० स्परमा कटान गरेको हो ।

सप्तकोशीमा खतरा बढ्दै, यस वर्षकै उच्च पानीको वहाव

सप्तकोसी नदीमा निरन्तर पानीको वहाब बढ्दो गतिमा भएपछि खतरा बढ्दै गएको छ। आज बिहान छ बजे मापन अनुसार पानीको वहाब तीन लाख ३४ हजार ९९० प्रतिसेकेन्ड क्युसेक पुगेको छ। सोमबार रातिदेखि बढेको पानीको वहाव निरन्तर बढ्दो छ। जसले गर्दा खतरा बढ्दै गएको हो।

सप्तकोशीमा खतरा टर्दै

सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेपछि खतरा टर्दै गएको छ । शनिबार बिहान ५ बजे यस वर्षकै उच्च पानीको बहाव पुगेकोमा अपरान्हदेखि भने घट्न थालेको छ ।

सप्तकोशीमा वर्षकै उच्च वहाव

सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव पुगेको छ। आज बिहान ८ बजेको मापन अनुसार दुई लाख सात हजार ५१५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ। हिजो रातिदेखि बढेको पानीको वहाव निरन्तर बढ्दो क्रममा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्