१४ असार २०८१ शुक्रबार
image/svg+xml

सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको वहाव

सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव पुगेको छ। विहीबार रातिदेखि बढेको पानीको वहाव शुक्रबार अपरान्ह ४ बजेको मापन अनुसार एक लाख ७७ हजार ७२० प्रतिसेकेन्ड क्यूसेक पुगेको छ । पहाडी जिल्लामा पानी पर्दा कोशी नदीमा पानीको वहाब बढ्ने गर्छ । ‘अरु दिन सामान्य गतिमा रहेको पानी रहेकोमा कोशीमा विहीबार (हिजो राति) देखि भने निरन्तर वहाव बढ्दो गतिमा छ,’ कोशी ब्यारेज प्रहरीका असई कुलबहादुर खत्रीले भने ।

सप्तकोशीमा सञ्चालित जेट बोट सेवा बन्द

सुनसरीको चतरास्थित सप्तकोशीमा निजी कम्पनीले चलाउँदै आएका जेट बोट अनिश्चितकालका लागि बन्द भएका छन्। स्थानीयवासीको अवरोध तथा व्यावसायिक असुरक्षा बढेको भन्दै बोट सञ्चालकले बुधबारदेखि नै सेवा बन्द गरेको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिए।

कोशी ब्यारेजका ढोका बन्द गर्न भारतीय दबाब

अविरल वर्षाले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ। एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने काेशीमा दिउँसाे २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।

कोशीपीडितले अझै पाएनन ७३ वर्ष पुरानो मुआब्जा

सप्तरीस्थित भारदह सिमानामा रहेको सप्तकोशी नदी पुल निर्माणको क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरीवासीको सैयाै बिगाहा नम्बरी जग्गाको मुआब्जा अझै पाएका छैनन्।

सप्तकोशी नदीको बहाव उच्च

बुधबारदेखि पूर्वी पहाडी क्षेत्रमा अविरल पानी परेपछि त्यस क्षेत्रका नदी र खोलामा आएको बाढीले सुनसरी र सप्तरी जिल्लामा पनि त्रास बढेको छ।

दुई साता पछि सप्तकोशीमा डुंगा सञ्चालन

इटहरी- सप्तकोसीमा स्थानीय प्रशासनले रोक लगाएको डुंगा सञ्चालन दुई सातापछि आइतबारदेखि सुरु भएको छ। डुंगा सञ्चालन सुरु भएपछि सुनसरी श्रीलंका टापुका बासीन्दा कोसी पूर्वको प्रकाशपुर आउजाउ गर्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्