१५ वैशाख २०८१ शनिबार
image/svg+xml

ताप्लेजुङ पहिरोपीडितलाई राहत तथा उद्धारका लागि रणनीतिक योजना

जिल्ला विपद् व्यवस्थापन समितिले ताप्लेजुङका पहिरोप्रभावित क्षेत्रका बासिन्दाको राहत तथा उद्धारका लागि रणनीतिक योजना अघि सारेको छ।

म्याग्दीका पहिरोपीडितः नयाँवर्षमा नयाँघर उपहार

म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले बाढीपहिरोबाट पीडितलाई सुरक्षित स्थानमा बनाइरहेको नयाँ घर अन्तिम चरणमा पुगेको छ ।

पहिरोपीडितको दसैं : त्रिपालमुनि बसेर पेटभरि खान पाए हुन्थ्याे !

गत असार २५ गते मध्यरातमा आएको पहिराले घर बगाएपछि उनकाे ६ जनाको परिवार विस्थापित भएर नजिकैको जङ्गलमा त्रिपाल टाँगेर बसेको छ।

बाढीपहिरोपीडितलाई घर बनाउन पाँच लाख दिइने

सरकारले बाढीपहिरोपीडितलाई एकीकृत आवास निर्माण योजनाअन्तर्गत पाँच लाख रुपैयाँ अनुदान दिने भएको छ।

धादिङका पहिरोपीडित: न बस्ने घर, न सर्ने भर

पहिरोले चिराचिरा परेको जमिनमा बस्दै आएका केराबारीवासी रात पर्नासाथ सुरक्षित बासको खोजीमा निस्कन्छन् ।

जुरे पहिरोपीडित भन्छन्, सरकार हाम्रा लागि रहेनछ

जुरेका पहिरोपीडितका लागि भनेर प्रवासी दाजुभाइले २ करोड २४ लाख ६६ हजार रुपैयाँ संकलन गरी जिल्ला दैवी प्रकोप उद्धार समितिको खातामा राखिदिएका थिए। त्यो रकम अझै त्यही खातामै थन्किएको छ।

पहिरोपीडितलाई आर्थिक सहयोग

जिल्लाको गौरीशङ्कर गाउँपालिका जुँगुका पहिरोपीडितका लागि वैदेशिक रोजगारीको सिलसिलामा रहेका दोलखाली युवाहरुले आर्थिक सहयोग गरेका छन्।

पहिरोपीडितलाई रेडक्रसको राहत

ओखलढुंगाका पहिरोपीडिलाई रेडक्रसले राहत वितरण गरेको छ। २०७२ सालको भूकम्पबाट घरमाथिको जमिन धाँजा फाटेको स्थानमा गएको पहिरोको त्रासले गाउँ छाडेका विस्थापित २० परिवारलाई नेपाल रेडक्रस सोसाइटी ओखलढुंगा शाखाले राहत सामग्री सहयोग गरेको हो। मोलुङ गाउँपालिका–३ साबिक हर्कपुर केराबारीका २० परिवार अहिले प्राप्चाको फुयल गाउँमा बस्दै आएका छन्।

पुरानै जग्गामा घर बनाउँदा पहिरोपीडित जोखिममा

२०७५ साउन १ को मध्यराति भीषण वर्षा भयो। वर्षाले जलजला गाउँपालिकाको वडा नम्बर ७ र ८ मा तीन दर्जन बढी परिवार विस्थापित भए।

जुरेप्रभावितलाई भूकम्पपीडितसरह मात्र राहत !

२०७१ साउन १७ गतेको विनासकारी जुरे पहिरोले तत्कालीन मांखा, राम्चे र टेकानपुरका गाउँ, बस्ती बगाउँदै ११ घण्टा बर्खाको सुनकोसी नदी टम्म थुनेको थियो । घटनामा ज्यान गुमाएका १ सय ४५ को ज्यान गएको थियो ।

बाढी–पहिरोपीडितका लागि बेल्जियमा १९ लाख संकलन

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण नेपालको तराई क्षेत्रका विभिन्न जिल्लाहरुमा बाढी–पहिरोपीडितका लागि गैरआवासीय नेपाली संघ बेल्जियमले १९ लाख रुपैयाँ संकलन गरेको छ। गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधार गौतमका अनुसरा आइतवार सम्पन्न संघको साधारणसभामा त्यहाँस्थित बिभिन्न व्यक्ति तथा संघसँस्थाको सहयोगमा सो रकम संकलन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्