८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

प्रदेश २ मा ५४ जना संक्रमित थपिए

प्रदेश २ मा ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यस प्रदेशको प्रादेश प्रयोगशाला जनकपुर, जिल्ला अस्पताल सिरहा प्रयोगशाला, गौर अस्पताल रौतहट प्रयोगशाला र नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएको १२१ नमूना परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भए प्रदेश स्वास्थ्य निर्देशनालाय जनकपुरधामले जनाएको छ। यससँगै यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ४०७ पुगेको छ।

सर्वोच्चका न्यायाधिश र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

सर्वोच्च अदालतका न्यायाधिशलगायत केही अधिकृत र कर्मचारीमा कोराना संक्रमण देखिएको छ। सर्वोच्च अदालतले सूचना जारी गर्दै न्यायाधीशहरु लगायत केही अधिकृत र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको सूचनामार्फत जानकारी दिएको छ।

एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि, आज राति हुने खेल गुमाउने

फ्रान्सेली स्टार फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ । पपेरिस सेन्ट जर्मेन ९पीएसजी०का महत्वपूर्ण खेलाडी एम्बाप्पेमा सोमबार कोरोना परिक्षणको क्रममा पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिए लगत्तै उनलाई घर सोमवारनै पठाईएको छ ।

धरानमा ४ जना भारतीय आर्मीसहित ९ जनामा संक्रमण पुष्टि

भारतीय सेनाका ४ जना आर्मीसहित धरानका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धरान १७स्थित एन्फा क्वारेन्टिनमा रहेका तथा समुदायस्तरमा स्वाव संलकन गरेर पिसिआर गर्ने क्रममा थप ९ जनामा संक्रमण पुष्टि भएको हो।

३ चिकित्सक र ६ नर्ससहित थप ४६ मा संक्रमण पुष्टि

वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालाको बिहीवार राति आएको रिपोर्ट अनुसार यहाँ ३ जना चिकित्सकसहित थप ४६ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको छ। वीरगन्जको विभिन्न वडामा गरिएको ‘मास टेस्टिङ्ग’सहितको रिपोर्टमा यि संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए।

बारा र पर्सामा थप ५३ मा संक्रमण पुष्टि

पर्सामा ५० र बारामा ३ जना गरी जनामा नारायणी अस्पतालको प्रयोगशालाबाट बुधबार राति आएको परीक्षण रिपोर्टमा थप ५३ जनामा यहाँ कोरोना संक्रमण पुष्टि भएको छ। बाराका ३ जना बाहेक अरु सबै ५० जना पर्सामै बस्दै आएकाहरू हुन्।

दुई जनामा संक्रमण देखिएपछि वीपी प्रतिष्ठानमा फेरि लकडाउन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएको एक विरामी र प्रतिष्ठानमा कार्यरत डाक्टरका श्रीमानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा शुक्रबार एकै दिन थप ४२ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा शुक्रबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्