६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

डोटीमा ९ सय ८० मा एचआइभी सङ्क्रमण

जिल्लामा पछिल्लो समय एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जान थालेको पाइएको छ। जिल्ला अस्पताल डोटीमा रहेको तथ्याङ्कअनुसार पूरै जिल्लाभरिमा खुलेका मात्रै (पहिचान भएका) ९८० जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको हो।

कालिकोटमा एचआइभी संक्रमितको संख्या स्थिर

कालिकोटमा एचआइभी संक्रमितको संख्या स्थिर रहेको जिल्ला अस्पतालले निकालेको तथ्यांकले बताएको छ। तथ्यांकअनुसार जिल्लामा हाल ३८ जना एचआइभी संक्रमित छन्। तीमध्ये पुरुष १५ जना छन्। जसमा एआरटी सेवा नलिने २ महिला र  १२ वर्षीया बालिका छन्।

'एक एचआइभी संक्रमित संक्रमण मुक्त’

बेलायतका एक एचआइभी संक्रमित बिरामीलाई स्टेम सेल (बोन म्यारो) प्रत्यारोपण विधिबाट उपचार गरेर पूर्ण रूपमा एचआइभी संक्रमणबाट मुक्त पारिएको चिकित्सकहरुले जारी गरेको प्रतिवेदन उल्लेख गर्दै बिबिसीले जनाएको छ । एड्स रोगको विश्वव्यापी महामारीपछि कुनै पनि संक्रिमतलाई संक्रमण मुक्त बनाइएको यो दोस्रो घटना हो ।

नेपालमा कण्डमको प्रयोग न्यून

यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ। एचआइभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ।

सामाजिक लाञ्छनाले एचआइभी संक्रमितको उपचारमा सकस

एचआइभी संक्रमणलाई पनि अन्य रोगसरह लिनुपर्ने चिकित्सक तथा विश्व स्वास्थ्य संगठनले सुझाएको छ। समाजमा अहिले पनि एचआइभी संक्रमितलाई लाञ्छाना लगाइने प्रवृत्ति कायमै रहेकाले संक्रमितहरु उपचारको लागि आफ्नो बस्तीबाट टाढा पुग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।

महोत्तरीमा ५० एचआइभी संक्रमित

महोत्तरीमा एचआइभी संक्रमितको संख्या ५० पुगेको छ। एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन संघले सो तथ्याङ्क हालै सार्वजनिक गरेको हो।

एड्सबाट ८ जनाको मृत्यु

एचआइभी एड्सका कारण सल्यानमा आठ जनाको मृत्यु भएको छ। विसं २०६८ देखि हालसम्म संक्रमित ८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन्।

प्रदेश नम्बर ३ मा ४४५ एचआइभी संक्रमितको पहिचान

प्रदेश नं ३ मा एक वर्षकै अवधिमा ४४५ जना एचआइभी एड्स संक्रमित फेला परेका छन्। विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

घट्दै एचआइभी संक्रमण

विश्वव्यापी स्वास्थ्य समस्याका रूमपा रहेको एचआइभी/एड्सका कारण हुने मृत्यु र संक्रमण फैलने दर नोपलमा पनि घट्दै गएको पाइएको छ। ३०आैं विश्व एड्स दिवसको पूर्वसन्ध्यामा बिहीबार विश्व एड्स दिवस मूल समारोह समितिले सञ्चारकर्मी माझ यस्तो तथ्य सार्वजनिक गरेको हो।

चितवनमा १३८ नयाँ एचआइभी संक्रमित

सन् २०१८ को हालसम्म चितवनमा १३८ जना एचआइभी संक्रमित थपिएका छन्। भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकियर फाउण्डेशन (एएचएफ) नेपालले सङ्कलन गरेको तथ्याङ्कअनुसार यो वर्ष फेला परेका संक्रमितमध्ये ७० पुरुष, ६३ महिला र पाँच बालबालिका रहेका छन्।

पाल्पामा ३१७ एचआइभी संक्रमित फेला

पाल्पामा ३१७ जना एचआइभी संक्रमित फेला परेका छन्। आव २०७४–७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका २ जना बालबालिका गरी २२ जना संक्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए।

एचआइभी सर्ने भन्दै डाक्टरले गरेनन् पोस्टमार्टम

एचआइभी संक्रमित महिलाले विष खाएर आत्महत्या गरेपछि पोस्र्टमार्टका लागि उनको शव धादिङ जिल्ला अस्पताल ल्याइयो।

रोल्पामा ६७ जना एचआइभी संक्रमित

रोल्पामा एचआइभी संक्रमितको सङ्ख्या ६७ पुगेको छ। यस क्षेत्रमा कार्यरत रोल्पा प्लस संस्थाका अनुसार संक्रमितमध्ये पुरुष र महिलाको सङ्ख्या बराबर छ।

प्रधानमन्त्री पत्नीलाई एचआइभी पीडितले देखाए कला

प्रधानमन्त्रीपत्नी राधिकाशाक्य दसैंको खुशी बाँड्न हालैको दिन किर्तिपुरस्थित सफलता एचआइभी शिक्षा सदन पुगेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्