४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

महोत्तरीमा ५० एचआइभी संक्रमित

बर्दिवास – महोत्तरीमा एचआइभी संक्रमितको संख्या ५० पुगेको छ। एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन संघले सो तथ्याङ्क हालै सार्वजनिक गरेको हो।

सन् २००७ देखि एचआइभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको सो परियोजनाले रक्तपरीक्षणका क्रममा संक्रमित पहिचान खुलेको परियोजनाका प्रमुख धिरज पौडेलले जानकारी दिए। सन् २०१३ को प्रारम्भदेखि यस वर्षको सेप्टेम्बरसम्म एचआइभी जाँचका लागि रक्तपरीक्षण गर्न सेवाग्राही आएका थिए।

संक्रमितमध्ये ३१ पुरुष र १९ महिला छन्। वैदेशिक रोजगारीबाट फर्किएकाहरु संक्रमित भएको पाइएको छ। “संक्रमित ३१ पुरुष वैदेशिक रोजगारबाट फर्केको पाइएको छ,” उनले भने। संक्रमितमध्ये पाँच बालबालिका छन्। “संक्रमित बढीजसो भारत र मलेशियाबाट फर्केकाहरु छन्,” पौडेलले भने।

यसैबीच स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सामाजिक संघसंस्थाले विदेशबाट फर्कनेलाई विमानस्थल र दुई देशीय सीमाक्षेत्रमा अनिवार्य एचआइभी परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रकाशित: १८ मंसिर २०७५ ०५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App