१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री ओलीद्वारा एचआइभी संक्रमित बालबालिकालाई टीका

प्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्यले एचआइभी संक्रमित बालबालिकालाई टीका लगाइदिएका छन्।

एचआइभी परीक्षण गर्नै मान्दैनन् सर्वसाधारण

जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे- नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन्।

रगत चेकजाँच गरेरमात्र विवाह गर्न एचआइभी संक्रमितको सुझाव

प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी संक्रमित महिलाले सुझाव दिएका छन्।

एचआइभी संक्रमित बालबालिका समस्यामा

बैतडीमा एचआइभी संक्रमित बालबालिका समस्यामा परेका छन्। शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच पुग्न नसकेकाले उनीहरु समस्यामा पर्ने गरेको एचआइभी क्षेत्रमा कार्यरत संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक लोकेन्द्र पन्तले बताए।

एचआइभीको शंका भए अाैषधि निःशुल्क

अब एचआइभी संक्रमणको शंका लागेमा तत्कालै चिकित्सकसँग सल्लाह गरी देशका विभिन्न ठाउँमा रहेका एआरटी सेन्टरबाट औषधि सेवन गर्न पाइन थालेको छ । सरकारले एचआइभी संक्रमण भएको प्रमाणित भएका व्यक्तिलाई एआरटी उपचार दिन सुरु गरेको लामै समय भयो । तर, एचआइभी सर्ने जोखिमयुक्त काम गरेर संक्रमणको डर भएका व्यक्तिले पनि औषधि खान पाउने व्यवस्था सुरु भएको हालै मात्रै हो।

नवलपरासीमा ४९४ जना एचआइभी संक्रमित

नवलपरासीमा हालसम्म ४९४ जनामा एचआइभी संक्रमित देखिएको छ। एचआइभी संक्रमितको उपचार र हेरचाहका क्षेत्रमा सन् २००७ बाट जिल्लामा कार्यरत संस्था लुम्बिनी प्लसकाअनुसार शुरुमा ३४ जना संक्रमित फेला परेकोमा २०१७ सालसम्म आइपुग्दा त्यो संख्या बढेर जिल्लामा ४९४ पुगेको छ।

अस्पतालमा मेसिन बिग्रँदा एचआइभी संक्रमित समस्यामा

सात वर्षदेखि एचआइभी संक्रमित सुर्खेत बाबियाचौरका उपेन्द्र आचार्य सिडिफोर र भाइरसलोड परीक्षण गराउन घर छोडेको पाँच दिन भयो। क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा सिडिफोर र भाइरसलोड परीक्षण गर्ने मेसिन बिग्रिएकाले उनी नेपालगन्ज पुगे, त्यहाँ पनि सेवा पाउन सकेनन्।

एचआइभी रोकथामका लागि 'लिंकेज नेपाल' कार्यक्रम

एचआइभी रोकथाम र एड्सको प्रभाव घटाउन 'लिंकेज नेपाल' नामक नयाँ कार्यक्रम सञ्चालनमा आउने भएको छ। अमेरिकी सहयोग नियोग (युएसएआइडी)को सहयोगमा असोजको दोस्रो साताबाट उक्त कार्यक्रम सञ्चालनमा आउनेछन्।

कैलालीमा एचआइभीबाट ४१ को मृत्यु

एचआइभी एड्सका कारण कैलालीमा गत वर्ष ४१ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउन्डेसनको संयुक्त आयोजनामा यहाँ आज आयोजित एक कार्यक्रममा विसं २०६३ देखि अहिलेसम्ममा २५१ जनाको मृत्यु भएको जानकारी दिइयो । गएको वर्ष तीन गर्भवतीसहित कुल १०७ जना एचआइभीबाट सङ्क्रमित भएको पत्ता लागेको छ ।

एचआइभी संक्रमित समस्यामा

दशरथचन्दनगरपालिका–१० बाराकोटकी ३९ वर्षीया जसुदेवी बिष्टलाई बिहान खाए बेलुका के खाने चिन्ता हुन्छ। ९ वर्ष अघि एचआइभी सक्रमणबाट पतिको मृत्युसँगै उनको आर्थिक अवस्था खस्कँदै गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्