पेन्सनकाे लाेभमा आमाको शव ३ वर्षदेखि फ्रिजमा
भारतको कोलकत्तामा एक व्यक्तिलाई आफ्नी आमाको शवलाई तीन वर्षदेखि फ्रिजमा राखेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
भारतको कोलकत्तामा एक व्यक्तिलाई आफ्नी आमाको शवलाई तीन वर्षदेखि फ्रिजमा राखेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
एलआइसी नेपालले पेन्सन बिमा योजना ‘जीवन अक्षय–१’ ल्याएको छ । ‘पेन्सन अब नो टेन्सन’ भन्दै कम्पनीले ४० वर्षदेखि ७० वर्ष उमेर समूहका व्यक्तिलाई लक्षित गरेर पेन्सन योजना ल्याएको जनाएको छ ।
पुरातात्विक, सामरिक र धार्मिक दृष्टिले महत्वपूर्ण बुटवलको फूलबारीमा भारतीय भूपू सैनिकका लागि स्थायी पेन्सन क्याम्प बनाउन स्वीकृति दिएपछि स्थानीय स्तरमा चर्को विरोध भएको छ । गत फागुनमा सरकारले फूलबारीमा स्थायी पेन्सन क्याम्प बनाउन स्वीकृति दिएको हो ।
पुरातात्विक,सामरिक र धार्मिक दृष्टिले महत्वपूर्ण फुलवारीमा भारतीय भूपू सैनिकका लागि स्थायी पेन्सन क्याम्प बनाउन स्वीकृति दिइएकोमा स्थानीय स्तरमा चर्को विरोध भएको छ। गएको फागुनमा सरकारले फुलबारीमा स्थायी पेन्सन क्याम्प बनाउन स्विकृति दिएको हो।
पूर्वसांसदलाई पेन्सन दिने प्रस्तावमा संसद्को राज्य व्यवस्था समितिमा विवाद उत्पन्न भएको छ । सांसदबीच विवाद चुलिएपछि समाधान गर्न समितिले उपसमिति गठन गरेको छ। कांग्रेसका अधिकांश सांसद तथा एमाले र माओवादी केन्द्रका केही सांसद पूर्वसांसदलाई पेन्सन दिनुपर्ने पक्षमा छन् । एमाले र माओवादी केन्द्रका केही सांसद भने पेन्सन दिन नहुने पक्षमा छन् ।
पूर्वसांसद मञ्चले संसदीय अभ्यास अपनाउने मुलुकहरूमा जस्तै नेपालमा पनि पूर्वसांसदलाई पेन्सनसहित सुविधा उपलब्ध गराउन राज्य व्यवस्था समितिमा निवेदन बुझाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधान न्यायाधीश सुशीला कार्कीलाई सत्तारुढ दलहरुले नियतबस ‘ह्युमिलेट’ गरेको बताएका छन्। संसदको बैठकलाई सम्बोधन गर्दै मंगलबार उनले पेन्सन पट्टा रोकेर अर्थ मन्त्रालयले उनलाई अपमान गरेको उनले बताए।
आर्थिक वर्ष २०७३/२०७४ को बजेटमा सरकारले राष्ट्रसेवक कर्मचारीको तलब बढाएन। सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट भाषण गर्दै राष्ट्रसेवक कर्मचारीको तलब वृद्धिका लागि समिति गठन उल्लेख गर्दै तलब बढाउनबाट पन्छिए। 'राष्ट्रसेवक कर्मचारीको सेवा सुविधाबारे एक उच्चस्तरीय समिति गठन गरिनेछ। सिमितको सिफारिशको आधारमा सरकारले निर्णय लिनेछ', उनले भने।
भारतले नेपालको कुल रक्षा बजेटभन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त भूपूगोर्खा सैनिकलाई पेन्सनका रुपमा उपलब्ध गराएको छ। यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटलाई उछिन्दै त्योभन्दा पनि ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त नेपालीलाई उपलब्ध गराएको हो।
नेपालीको औसत आयु वृद्धिसँगै अर्थतन्त्रले थेग्नै नसक्ने गरी सरकारी कर्मचारीको बर्सेनि तलब वृद्धि हुँदा राज्यमाथि पेन्सन भार बढ्दै गएको छ। अर्थतन्त्रको ठूलो हिस्सा कर्मचारीको तलबभत्तामा खर्च भइरहेका बेला सरकारी सेवाबाट निवृत्त हुने कर्मचारीलाई दिनुपर्ने पेन्सन दायित्व पनि बढेपछि विकास खर्चको ठूलो हिस्सा पेन्सनमा खर्चनुपरेको हो।
भूपू गोर्खाहरुले समान पेन्सन सुविधा पाउनु पर्ने माग राख्र्दै दर्ता गरेको मुद्दामा पराजयको सामना गरेका छन्। भूपू गोर्खाहरुले आफुहरुले पनि अन्य मुलुकका गोर्खा सैनिक सरह पेन्सन सुविधा पाउनु पर्ने माग राख्दै मुद्दा दर्ता गरेका थिए।
बुढो कुप्रो परेको शरीर। सेतै फुलेको कपाल । लौरोको साहारामा हिड्नुपर्ने बाध्यता। राम्रोसँग ठम्याउन नसक्ने आँखा। त्यै पनि बाँचुच्जेल संघर्ष गर्नुपर्ने! सरकारले पैसा दियो र गुजारा चलेको छ।