३० वैशाख २०८१ आइतबार
image/svg+xml

उपकुलपति रौनियार बर्खास्त

बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियार पदबाट बर्खास्त भएका छन्। प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सिनेटको निर्णय सदर गरेपछि रौनियार पदमुक्त भएका हुन्।

उपकुलपति रौनियारलाई बर्खास्त गर्ने सिनेट निर्णय

लामो रस्साकस्सीबीच बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको ४२औं विशेष सञ्चालक परिषद् (सिनेट) बैठकले प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई पदबाट बर्खास्त गर्ने निर्णय लिएको छ।प्रधानमन्त्री कार्यालय बालुवाटारमा शुक्रबार बसेको सिनेट बैठकले छानबिन समितिको प्रतिवेदनका आधारमा पदीय दायित्व पूरा नगरेको भन्दै रौनियारलाई उपकुलपतिबाट बर्खास्त गर्ने निर्णय गरेको हो।

हिउँदमा विकास, बर्खामा विनाश

आफ्नो गाउँमा बाटो पुगेपछि धादिङको उत्तरी क्षेत्रमा पर्ने खनियाबास गाउँपालिका वडा नम्बर २ मा बस्ने प्रिस्किला तामाङ निकै खुसी छिन्। विकट बस्ती, सधैं खच्चडकै भरमा खाद्यान्न तथा निर्माण सामग्री गाउँमा पु-याउनुपर्ने बाध्यता हटेपछि उनी खुसी भएकी हुन्। ‘सधैँ खच्चड र आफैंले बोकेर खाद्यान्न सामग्री ल्याउनुपर्ने हुन्थ्यो,’ तामाङले भनिन्, ‘घरनजिकै मोटर गुड्ने बाटो बनेपछि अहिले सहज भएको छ।’

चीनका लागि क्यानेडेली राजदूत बर्खास्त

क्यानडाका प्रधानन्त्री जस्टिन ट्रुडोले चीनका लागि क्यानेडेली राजदूत जोन म्याकुलमलाई बर्खास्त गरेका छन्। अमेरिकी आग्रहमा क्यानडामा पक्राउ परेकी चीनको विशाल दूर सञ्चार कम्पनी हुवावेकी प्रमुख कार्यकारी मेङ वान्झाओलाई वासिङ्टन सुपुदर्गीसम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएको केही समयमै राजदूत म्याककुलमलाई प्रधानमन्त्री ट्रुडोले पदबाट हटाएको बिबिसीले उल्लेख गरेको छ।

बहुविवाह गर्ने कर्मचारी बर्खास्त नहुने

सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदामा राखिएको बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त गर्ने व्यवस्था सुटुक्क हटाएको छ। लोकसेवा आयोगमा सहमतिका लागि पठाइएको मस्यौदामा बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्ती गर्ने व्यवस्था हटाइएको आयोग स्रोतले बतायो।

कोइराला बर्खास्त

अर्थमन्त्री युवराज खतिवडाको दबाबमा पूर्वाधार विकास बैंकका अध्यक्ष डा. विमल कोइरालालाई बर्खास्त गरिएको छ। बैंक स्थापनाका लागि सबै प्रक्रिया पूरा भएर राष्ट्र बैंकबाट अनुमति लिने क्रममा रहेका बेला कोइरालालाई पदबाट हटाइएको हो। गत बुधबारको सञ्चालक समिति बैठकले उनलाई हटाउने निर्णय गरेको थियो। बैंकका अध्यक्षमा अनुज अग्रवाल नियुक्त भएका छन्।

भारतसँगको हारपछि थाई प्रशिक्षक बर्खास्त

एसिया कप फुटबलमा आइतबार भारतसँग ४–१ ले पराजित भएपछि थाइल्यान्डले मुख्य प्रशिक्षक मिलोभान राजिभाकलाई बर्खास्त गरेको छ। आफ्नो पहिलो खेलमा थाइल्यान्ड भारतसँग पराजित भएपछि ६५ वर्षे सर्बियन प्रशिक्षक मिलोभानलाई बर्खास्त गरेको हो।

पानी छैन, केबलकारको सपना !

दक्षिण ललितपुरमा पर्नेे माझखण्डवासीलाई हिउँद–बर्खा खानेपानीको हाहाकार पर्छ। पशुपालन, कृषि र पर्यटन सम्भावना बोकेको यो क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेकै खानेपानी हो। पानी नहुँदा किसानहरूले खेतिपाती गर्न पाएका छैनन्।

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माउरिन्हो बर्खास्त

गत आइतबार लिभरपुलसँग लज्जाजनक हार बेहोरेपछि म्यानचेस्टर युनाइटेडले आफ्ना प्रशिक्षक जोसे माउरिन्होलाई मंगलबार बर्खास्त गरेको छ।

साउथएम्पटनका प्रशिक्षक ह्युज बर्खास्त

इङ्लिस प्रिमियर लिग (इपिएल) क्लब साउथह्याम्पटन प्रशिक्षक मार्क ह्युजलाई मंगलबार क्लबले बर्खास्त गरेको छ।

प्रदेश मन्त्री केशव स्थापित पदमुक्त

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई पदमुक्त गरेका छन्। मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख अनुसार शुक्रबार बर्खास्त गरेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए।

रियल मड्रिडका प्रशिक्षक लोपेटेगुई बर्खास्त

स्पेनिस क्लव रियल मड्रिडले प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको छ। क्लबले लगातार खराब प्रदर्शन गरेपछि सोमबार राति बसेको क्लबको कार्यकारी बैठकले उनलाई बर्खास्त गरेको हो।

एसपी बिष्ट र इन्सपेक्टर भट्ट बर्खास्त

गृहमन्त्रालयले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट र महेन्द्रनगर इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक जगदीश भट्टलाई प्रहरी सेवाबाट बर्खास्त गरेको छ।

विष्ट र भट्टलाई बर्खास्तको तयारी

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको अनुसन्धान प्रक्रियामा राज्यलाई ‘मिस गाइड’ गरेको ठहर गर्दै गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्ने प्रक्रिया थालेको छ।

निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्त गर्न सिफारिस

निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्