१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनका लागि क्यानेडेली राजदूत बर्खास्त

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो ९दायाँ० र बर्खास्तमा परेका चीनका लागि क्यानेडेली राजदूत जोन म्याककुलम। तस्बिर : एजेन्सी

ओट्टवा – क्यानडाका प्रधानन्त्री जस्टिन ट्रुडोले चीनका लागि क्यानेडेली राजदूत जोन म्याकुलमलाई बर्खास्त गरेका छन्। अमेरिकी आग्रहमा क्यानडामा पक्राउ परेकी चीनको विशाल दूर सञ्चार कम्पनी हुवावेकी प्रमुख कार्यकारी मेङ वान्झाओलाई वासिङ्टन सुपुदर्गीसम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएको केही समयमै राजदूत म्याककुलमलाई प्रधानमन्त्री ट्रुडोले पदबाट हटाएको बिबिसीले उल्लेख गरेको छ।

प्रधानमन्त्री ट्रुडोले निकालेको विज्ञप्तिमा आफूले राजदूत जोन म्याकुलमलाई पदबाट हट्न भनेको उल्लेख गरे पनि के कति कारणले त्यसो भनिएको भन्नेबारे भने प्रष्ट्याइएको छैन। ‘गए राति मैले जोन म्याककुलमलाई चीनका लागि क्यानडाका राजदूतको भूमिकाबाट राजीनामा दिन भनेको थिए,’ प्रधानमन्त्री ट्रुडोले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

क्यानडाका प्रतिभाशाली कूटनीतिज्ञ म्याककुलमले क्यानेडेली नागरिकको पक्षमा कूटनीतिक र अन्य क्षेत्रमा इमान्दारिता साथ काम गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ। उनले म्याककुलम र उनको परिवारलाई देशको सेवा गरेकोमा धन्यवादसमेत दिएका छन्। मेङलाई अमेरिका सुपुदर्गी गर्नका लागि वासिङ्टनले गरेको आग्रह एकदमै प्रत्युदपादक भएको भन्दै म्याककुलमले गत मंगलबार सार्वजनिक रूपमै विवादास्पद अभिव्यक्ति दिएका थिए। यद्यपि भोलीपल्टै उनले विज्ञप्ति निकालेर आफूले गलतवश त्यस्तो भनेको र त्यसका कारण दोधार सिर्जना भएकोमा पछुतो लागेको बताएका थिए। तर शुक्रबार उनलाई उद्धृत गर्दै यदि अमेरिकाले मेङलाई सुपुदर्गी गर्न गरेको माग छोडे सो विषय क्यानडाका लागि ठूलो हुने भनिएको थियो। आप्रवासी मन्त्रको जिम्मेवारीबाट उनलाई सन् २०१७ मा क्यानडाको राजदूतको जिम्मेवारी दिइएको थियो। चीनसँग उनको बलियो व्यक्तिगत सम्बन्धका कारण उनले मन्त्री पद छोडेर राजदूत बनेको क्यानेडेली सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी आग्रहमा हुवावेकी प्रमुख कार्यकारीलाई क्यानडाले पक्राउ गरेका कारण चीन आक्रोशित बनेको छ। यही कारणले क्यानडा र चीनबीचको सम्बन्धमा पछिल्लो समय समस्या उत्पन्नसमेत भएको छ। चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेकी मालिककी छोरी एवं प्रमुख आर्थिक अधिकारीसमेत रहेकी मेङमाथि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध उल्लङ्घन गरेको आरोप वासिङ्टनले लगाउँदै आएको छ। यद्यपि मेङ र हुवावे कम्पनी दुवैले अमेरिकाको यस्तो आरोप अस्वीकार गर्दै आइरहेका छन्।

प्रकाशित: १४ माघ २०७५ ०५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App