९ मंसिर २०८१ आइतबार
image/svg+xml

विराटनगरलाई उपमेयर कप

बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै विराटनगर महानगरपालिकाले काठमाडौंमा सम्पन्न प्रथम उपमेयर कप अन्तरनगरपालिका महिला फुटबलको उपाधि जितेको छ।

मेयरले भ्रष्टाचार गरेको उपमेयरको आरोप

रौतहटको ईशनाथ नगरपालिकाकी उपमेयर हुस्नआरा खातुनले नगरप्रमुख र प्रशासकीय प्रमुख मिलेर कार्यपालिकालाई बाइपास गरी व्यापक भ्रष्टाचार गरेको आरोप लगाएकी छन्।

एपिएपलाई उपमेयर कप

न्यु डायमन्ड एकेडेमीलाई ३ सेटमा पराजित गर्दै एपिएफ क्लबले सोमबार नुवाकोट सम्पन्न प्रथम उपमेयर कप महिला रााष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ।

पूर्व गोर्खा गुरुङ बने लण्डन बार्नेटका उपमेयर

काउन्सिलर लक्ष्य बहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयर निर्वाचित भएका छन्। लन्डन बरो अफ बार्नेटको मंगलबार बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो।

उपमेयरहरू अब चुप लागेर नबस्ने

रौतहटका विभिन्न स्थानीय तहका उपप्रबलश्रहरूले एकै स्वरमा प्रमुखहरूको कार्यशैलीको विरोध गरेका छन्। उपमेयर क्लब रौतहटद्वारा जिल्ला समन्वय समिति रौतहटको सभाकक्षमा आयोजित कार्यक्रममा उपस्थित उपप्रमुखहरूले प्रमुखहरूको कार्यशैलीको तीव्र आलोचना गरेका हुन्।

रौतहटका स्थानीय तह उपप्रमुख भन्छन्, – ‘अध्यक्षले हेप्न थाले चुप लागेर बस्दैनौं’

रौतहटका विभिन्न स्थानीय तहका उपप्रमुखले प्रमुखहरुको कार्यशैलीको विरोध गरेका छन्। उपमेयर क्लब रौतहटद्वारा जिल्ला समन्वय समिति रौतहटको सभाकक्षमा आयोजित कार्यक्रममा उपस्थित सबै उपप्रमुख प्रमुखविरुद्ध खनिएका थिए।

प्रमुख–उपप्रमुख विवादले विकास निर्माण प्रभावित

रौतहटका विभिन्न स्थानीय तहमा प्रमुख र उपप्रमुखको विवादका कारण विकास निर्माण प्रभावित भएको पाइएको छ। प्रमुखले उपप्रमुखको कार्यक्षेत्रमा हस्तक्षेप गर्ने र उपप्रमुखलाई नीति–निर्णयमा संलग्न नगराउने प्रवृत्तिका कारण विवाद देखिएको हो।

प्रमुख र उपप्रमुखको विवाद उत्कर्षमा, विकास निर्माण प्रभावित

नगरपालिकाको परिषद हुँदै गर्दा दुवैबीचको विवादको उत्कर्ष सार्वजनिक भएको थियो। मेयर सियाराम कुशवाहाले एकलौटी ढंगले नियम मिचेर नगर परिषद गराएको विज्ञप्ति नै जारी गरिन् उपमेयर नूरजहाँ खातुनले। मेयर कुशवाहा जेलमा छँदा कार्यवाहक मेयरको रुपमा कार्यरत रहँदा उपमेयर खातुनले ४ करोड रुपैया भ्रष्टाचार गरेको आरोप मेयरले लगाएका छन्।

फतुवा विजयपुर नपामा करोडौं अनियमितताको आरोप

रौतहटको फतुवा विजयपुर नगरपालिकामा करोडौं अनियमितता भएको उपमेयर कान्तिदेवी महतोले आरोप लगाएकी छन्। मेयर गोपाल यादव र प्रमुख प्रशासकीय अधिकृत सागर कुमार रोक्काको मिलोमतोमा नगरपालिकामा करोडौं अनियमितता भएको उपमेयर महतोको दाबी छ।

गरुडा नगरपालिकामा करोडौं अनियमितता

रौतहटको गरुडा नगरपलिकाकी उपमेयर उपमेयर रंगिला देवी जयसवालले मेयर इन्दु राय यादवले कामै नगरी करोडौं रकम अनियमितता गरेको आरोप लगाएकी छन्। उपमेयर जयसवालले बिहीबार पत्रकार सम्मेलन गरी नगरपालिकाको १ र ६ वडाक तीनवटा पुल निर्माणै नगरी ९० लाख रुपैयाँ निकासा दिएको आरोप लगाएकी हुन्।

‘न्यायिक समितिको कामलाई अवसरका रूपमा लिएकी छु’

निवार्चित भएको डेढ वर्ष बित्यो, यस अवधिमा जनताले महसुस गर्ने खालका के–के काम गर्नुभयो ? निर्वाचित भएयता हामीले धेरै काम गरेका छौं। केही काम जनताले प्रत्यक्षरूपमा देख्ने खालका छन् भने केही नदेखिने किसिमका पनि छन्। ती काम सबै महानरगवासीको लागि भएका हुन्। सबैभन्दा पहिले त हामी महानगरभित्रको सुशासनमा केन्द्रित भयौं। जनप्रतिनिधि आउनुपहिले महानगरपालिकामा सेवाग्राहीले धेरै समस्या झेलेका थिए। हामीलाई गुनासो आउने थालेपछि हामीले त्यसमा व्यापक सुधार ल्यायौं। अहिले प्रशासनिक काममा जनताले सहजता महसुस गर्ने गरी सुधार भएको छ। अन्य पूर्वाधार विकासका काम पनि गरेका छौं। महानरगलाई हरियाली र सफा पार्न वृक्षरोपण गरिएको छ। कुपण्डोल–पुल्चोक, सातदोबाटो–हातीवान, सानेपा–पुल्चोक क्षेत्रमा वृक्षरोपण भएको छ।

विद्रोही उपमेयर

‘नचिनेको मान्छे देखेपनि मुसुक्क मुस्कुराउने, पाहुनालाई असाध्यै मान्ने अनि सबै जातजाति मिलेर बस्न सक्ने हामी नेपालको बानी मलाई असाध्यै मन पर्छ ।’ देशका ७७ जिल्लामध्ये करिब ६२ जिल्ला घुमिसकेकी काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीको भनाइ हो यो।

उपमेयरमाथि दुर्व्यवहार

महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारा देवी कानु माथि विहीवार बोतल प्रहार गरी दुर्व्यवहार गरिएको छ।

मदिराविरुद्धको अभियानमा महिला, उपमेयरको नेतृत्वमा रक्सी पसल तोडफोड

नेपाल भारत सीमा क्षेत्रमा महिलाहरुले मदिरा पसलमा तोडफोड गरेका छन्। महिला हिंसाविरुद्धको सशक्त अभियान मञ्च रौतहटमा संलग्न महिलाहरुले सीमावर्ती क्षेत्रमा मदिरा भट्टी पसलमा शुक्रबार साँझ तोडफोड गरी अब उपरान्त मदिरा विक्री वितरण नगर्न चेतावनी दिएका छन्।

रानीपोखरी पुनर्निर्माणमा फेरि मेयर–उपमेयर दुई ध्रुवमा

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच पौष पहिलो साता विवाद चरम उत्कर्षमा पुग्यो । त्यसको कारण थियो–रानीपोखरी पुनर्निर्माण।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्