१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विमानस्थल नचल्दा होटल व्यवसायी चिन्तित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले भैरहवाका पर्यटन व्यवसायीमा जति खुसी छाएको थियो अहिले विमानस्थल सञ्चालनमा नआउँदा त्यति नै निराशा छाएको छ।

सुरुङ छिचोल्दै नेपाल

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग छिचोलिएपछि सोमबारदेखि नेपालले विकासमा थप फड्को मारेको अनुभूति गर्न थालिएको छ। हुन पनि विदेशमा मात्र सुरुङ मार्गमा यात्रा गरेका र गर्न पाइने सुनेका नेपालीका लागि अब यस्तो यात्रा अपत्यारिलो रहेन।

पूर्वमन्त्रीसहित १९ विरुद्ध भ्रष्टाचार मुद्दा

लुम्बिनी प्रदेशसभा सदस्य एवं गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुका तत्कालीन अध्यक्ष-संयोजक जानकीप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अन्तर्राष्ट्रिय विमानस्थलको ‘कम्बो प्याकेज’

ऋण लिएर बनाएका पोखरा र गौतम बुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकेको आरोप खेपिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चारवटा विमानस्थल सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन गर्न दिने प्रस्ताव गरेको छ।

बन्छ त गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ? के भन्छिन् मेयर दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६मा अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम गरिछाड्ने बताएकी छिन्।

सफाइ-ज्ञान बाँड्दै तिलोत्तमा

नगरले फोहोर जम्मा गर्ने ठाउँलाई डम्पिङसाइट नभनेर ‘फोहोर प्रशोधन तथा ज्ञानकेन्द्र’को नाम दिएको छ। यहाँ मुलुकमा रहेका विभिन्न पालिकाका व्यक्ति आएर फोहोर व्यवस्थापनमा तिलोत्तमाले अपनाएको उत्तम अभ्यास सिकेर फर्कन्छन्।

नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो छः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताएका छन्।

गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत

सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिने भएको छ।

लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सुरु

विश्वभरका पर्यटकलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमणको निम्तोसहित दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु गरिएको छ।

आराधना गरी मनाइयो बुद्ध जयन्ती

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६७औँ जन्म जयन्ती घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ।

गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय होः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन्।

‘बिजनेस’ अभावले भैरहवामा अन्तर्राष्ट्रिय उडान ठप्प

श्रीलंकन एयर, फ्लाई दुबई, थाई स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयरलगायत ११ मुलुकका एयर कम्पनीले भैरहवाबाट उडान भर्न इच्छुक रहेको बताइएको थियो।

विज एयरले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ।

कोभिड महामारीका कारण पर्यटन आगमन ४४ वर्षयताकै न्यून

कोभिड महामारीको कारण अघिल्लो वर्षको तुलनामा सन् २०२० मा पर्यटक आगमन करिब ८१.० प्रतिशतले घटेर २ लाख ३० हजार ८५ मात्र रहेको आर्थिक सर्वेक्षण ०७८/७९ ले देखाएको छ।

‘जजिराले नेपालको तराईलाई विश्वसँग जोडेको छ’

जजिरा एयरवेजका उपाध्यक्ष रविन्द्रन भाराथनले जजिरा आफ्नो सेवा सञ्जाल विस्तार गर्ने क्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्