९ मंसिर २०८१ आइतबार
image/svg+xml

पुनःनिर्माणका लागि गोरखा दरबार भत्काइयो

भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ । करिब ४ सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो।

रानीपोखरीको पुनःनिर्माण प्रतिवेदन पेश गर्न आदेश

सर्वोच्च अदालतले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भइरहेको प्रतिवेदन प्रत्येक महिना पेश गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भए नभएको प्रतिवेदन पेश गर्न गराउन सरकारका नाममा मंगलबार आदेश दिएको हो।

विज्ञ समुहले बुझायो रानीपोखरी पुनःनिर्माणकोे प्रतिवेदन

रानीपोखरीको पुनःनिर्माणका लागि गठित विज्ञ समुहले आइतबार काठमाडौं महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ। पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले काठमाण्डौं महानगरपालीका प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ।

सुस्त पुनःनिर्माणको समाजशास्त्र

विसं २०७२ को भूकम्पमा परी भत्किएका निजी घरहरूको पुनःनिर्माणको अवस्था अत्यन्तै सुस्त रहेको छ । उक्त भूकम्पमा परी रामेछापको रजगाउँमा मात्रै ११८ घर भत्किएका थिए । भूकम्पपछिको झन्डै २८ महिनामा त्यहाँ जम्मा चारवटा घर मात्र निर्माण भएका छन् । माझी बस्ती रहेको रजगाउँका १०१ जना भूकम्प पीडितले पहिलो किस्ताको रकम लिएको तथ्यांकले देखाउँछ तर पहिलो किस्ताको रकम लैजाने अधिकांशले घरको जग पनि खनेका छैनन् । यो रजगाउँको मात्र समस्या होइन, न त रामेछापको मात्र हो । यो भूकम्प प्रभावित सबै जिल्लाको समान र साझा समस्या हो ।

रानीपोखरीको पुनःनिर्माण पुरानै शैलीमा गर्नुपर्छ

ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण पुरानै शैलीमा गर्नुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।

हनुमानढोका दरबार परिसर पुनःनिर्माणको काम तीव्र

विश्वसम्पदा सूचीमा रहेको हनुमानढोका दरबार परिसर पुनःनिर्माणले तीव्रता पाएको छ।  विसं २०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको हनुमानढोका दरबार परिसरको पुनःनिर्माणको कामले तीव्रता पाएको हो।

पुनःनिर्माणले गति लिन नसक्नु दु:खद : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले भूकम्पपछिको पुनःनिर्माण कार्यले अपेक्षित गति लिन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्। शुक्रबार विहान खुम्जुङमा आयोजित विद्यालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै उनले पुनःनिर्माण कार्यले गति लिन नसक्नु दुःखद भएको बताए।

पुनःनिर्माण प्राधिकरणका सिइओद्वारा पदभार ग्रहण

पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा युवराज भूसालले पदभार ग्रहण गरेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी समेत रहेका भूसालले मंगलबारदेखि पुनःनिर्माण प्राधिकरणकाको तेस्राे प्रमुख कार्यकारी अधिकृत (सीईओ) काे जिम्मेवारी सम्हालेका हुन् ।

पुनःनिर्माणलाई प्राथमिकतामा राख्न देउवालाई एनआरएनको अग्रह

गैरआवासीय नेपाली संघले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुरलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।

पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा जोड

भूकम्पपछिको पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

सोमालियाका पुनःनिर्माण मन्त्रीको हत्या

अज्ञात व्यक्तिले गोली प्राहार गर्दा सोमालियाका सार्वजनिक कार्य र पुनःनिर्माण मन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको बुधबार बेलुका हत्या भएको छ ।

पाटन पुनःनिर्माणमा जापानको ८० लाख सहयोग

जापान सरकारले पाटन दरबार क्षेत्रको पुनःनिर्माणका लागि ८० लाख रुपैयाँ बराबरको प्राविधिक तथा आर्थिक सहयोग गरेको छ ।

पुनःनिर्माणको पहिलो किस्ता सम्झौता

भूकम्प प्रभावितहरुको घर निर्माणको लागि जिल्लामा पहिलो किस्ता रकम सम्झौता सुरु भएको छ । भूकम्पबाट घर क्षति भएकाहरुले पाउने पहिलो किस्ताको ५० हजार रुपैयाँको सम्झौता भएको हो ।

एनआरएन नेदरल्याण्डले गोरखाको विद्यालय पुनःनिर्माण गर्ने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) नेदरल्याण्डले गोरखाको मान्बु –६ स्थित श्री सिद्धार्थ बनस्थली निम्न माध्यामिक विद्यालय पुनः निर्माण गर्ने भएको छ ।

मनकामना मन्दिर पुनःनिर्माण सक्न अझै एक वर्ष लाग्ने

पुरानो मन्दिर भत्काएर जगैदेखि पुनःनिर्माण थालिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माण गर्न अझै एक वर्ष लाग्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्