१२ असार २०८१ बुधबार
image/svg+xml
प्रवास

पुनःनिर्माणलाई प्राथमिकतामा राख्न देउवालाई एनआरएनको अग्रह

लण्डन—गैरआवासीय नेपाली संघले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुरलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।

संघका अध्यक्ष शेष घलेद्वारा बुधवार जारी विज्ञप्तिमा देश संविधान कार्यन्वयनको दिशामा अगाडि बढ्दै पहिलो चरणको स्थानीय निर्बाचन सम्पन्न भइसकेको अवस्थामा नवनिर्वाचित प्रधानमन्त्रीको आगमनसँगै दोस्रो चरणको निर्वाचन, प्रदेश तथा केन्द्रीय संसदको निर्वाचन सम्पन्न गरी संबिधान कार्यान्वयनको प्रक्रियामा महत्वपूर्ण उपलब्धि हाँसिल हुने विश्वास व्यक्त गरिएको छ।

दुई वर्ष अगाडि आएको महाभूकम्पबाट अझै लाखौं परिवार अस्थायी टहरोमा बिताउन बाध्य रहेको भन्दै नवनिर्वाचित प्रधानमन्त्रीको प्राथमिकता राष्ट्रिय पुनःनिर्माण अभियान हुने आशा गरिएको छ।

संघले बिगतमाजस्तै गैरआवासीय नेपाली संघले प्रधानमन्त्री देउवाको कार्यकालमा नेपालको सम्बृद्धि तथा पुनःनिर्माणका कार्यमा सक्रियतापूर्वक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। 

 

प्रकाशित: २४ जेष्ठ २०७४ ०७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App