९ मंसिर २०८१ आइतबार
image/svg+xml

सांसद सुवालको प्रश्नः डेंगुले जनताको मृत्यु भइरहेको छ, अस्पतालमा शैया छैन्, स्वास्थ्य मन्त्रीज्यू के छ त देशको स्थिति?

'स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो। स्वास्थ्य मन्त्रालयका लागि त बजेट धेरै छुट्टयाइएकै हो। तर स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन, मन्त्रीज्यूको नेतृत्व देखिएन। यसबारे सदनमा मन्त्रीज्यूलाई तत्काल बोल्ने व्यवस्थाका लागि म सभामुख महोदयसँग आग्रह गर्न चाहन्छु।'

मर्मतपछि जापानको नारिताका लागि उड्यो वाइडबडी जहाज

प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ।

आजदेखि दशैंका लागि साट्न थालियो नयाँ नोट (फोटोफिचर)

आज (मंगलबारदेखि) सर्वसाधारणलाई दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्न थालेको छ ।

समूहचरणको नतिजाले उच्च मनोबलमा नेपाल

नेपाली यु १७ टोलीसामु बुधबार फाइनलमा साबिक विजेता भारतको सामना गर्दा जितसहित इतिहास रच्ने सुनौलो अवसर हुनेछ।

नेपाल–चीन नाका सुचारु गराउने अवसर

कुनै पनि समस्यालाई लुकाएर समाधान हुँदैन, समस्याको विषयमा खुलस्त वार्ता गरी समाधान खोज्नुपर्ने हो। यदि चिनियाँ पक्षले फ्रि–तिब्बत गतिविधिकै आशंकामा सीमामा झमेला निकालेको हो भने यस मामिलामा नेपाली पक्षले चीनलाई आश्वस्त पार्न सक्नुपर्छ।

नाष्टले अनुसन्धानमा चासो दिएनः शिक्षामन्त्री

राष्ट्रिय आविष्कार केन्द्र र महावीर पुनलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कारले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नाष्टका बारेमा दिनहुँ छलफल भएपनि अनुसन्धनका बारेमा नाष्टमा रहेका व्यक्तिहरुलाई नै चासो नरहेको बताए।

नेपालकै ठूलो धनराशिको भवन कीर्ति रत्न पुरस्कार महावीर पुनलाई

आविष्कार केन्द्रहरु खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उनको भनाइ थियो। देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपालीहरु रोजगारीको लागि बाध्य भएर विदेश जानु नपर्ने बताए।

विकट पहाडी ताप्लीमा पनि अब भिडियो एक्सरेबाट स्वास्थ्य जाँच

विद्युत सेवा पुगेसँगै अन्तराष्ट्रिय दातृ निकाय वल्र्डभिजन इन्टरनेशनल नेपालले रुपाटार स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मेसिन उपलब्ध गराएको हो। वल्र्डभिजनले उदयपुरस्थित साझेदार संस्था मानव अधिकार र विकास केन्द्र (हुरेण्डेक)सँगको समन्वयमा ५ लाख मूल्य बराबरको भिडियो एक्सरे उपलब्ध गराएको हो।

मेरो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैनः नेता पौडेल

वरिष्ठ नेता पौडेलले एकआपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह गरेका हुन्। शुक्रबार दमौलीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले गुणादीको पानीका विषयमा बोलेपछि स्थानीयवासीले त्यसबारेमा आपत्ति जनाउँदै दमौली आउने पानीको मुहान बन्द गरी दिएका छन्।

नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न प्रचण्डको चिनियाँ पक्षसँग आग्रह

'हामी चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ। राष्ट्रपति सीजिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भ्रातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस्', अध्यक्ष दाहालको भनाइ थियो।

नेपालले पाकिस्तानलाई पठायो २२ टन भन्दाबढी मानवीय सहायता सामग्री

नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ।

बालबालिका चोरी भइरहेको हल्ला अफवाह मात्रै होः साइवर ब्यूरो

पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरूले नेपालमा बच्चा चोरी गरिरहेको भन्दै भ्रम फैलाएपछि प्रधान कार्यालय, साइवर ब्यूरो भोटाहिटीले एक सूचना जारी गर्दै त्यस्ता भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ। त्यस्ता घटनाबारे अहिलेसम्म उजुरी प्राप्त नभएको प्रहरीले जनाएको छ।

व्यवसायी र राजस्व प्रशासनबीच सम्बन्ध सुधारको प्रयास

नेपालगन्जका स्थानीय उद्योगी, व्यवसायी र राजस्व प्रशासनका अधिकारीबीच सम्बन्ध सुधारका लागि नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल–चीन व्यापारमा समस्या: पारवहन सुविधा रोक्नु अन्तर्राष्ट्रिय कानुनविपरीत

भूपरिवेष्टित मुलुक नेपाललाई पारवहन सुविधा दिन सहमत भएको चीनले पटकपटक व्यापारिक नाका बन्द गरेर त्यसको उपहास गरेको छ।

अग्रज खेलपत्रकार जयदेव र गीता सम्मानित

नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) को २७औं स्थापना दिवसको अवसरमा सोमबार एनएसजेएफ पत्रकारिता अवार्डबाट जयदेव गौतम र सुमन बम्जन युवा पत्रकारिताबाट गीता राई सम्मानित भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्