४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गाउँपालिका कार्यालयमा तालाबन्दी

विशेष गाउँसभाको माग गर्दै बर्दियाको गेरुवा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ। गाउँपालिकामा वडाध्यक्षसहित जनप्रतिनिधिले विशेष गाउँसभाको माग गर्दै तालाबन्दी गरेका हुन्।

तीन दिनदेखि वार्ता प्रयास जारी

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिष्ट्रार र डिन कार्यालयमा गरेको अनिश्चितकालीन तालाबन्दी खोल्न विश्वविद्यालय हातामा आइतबारदेखि वार्ता शुरु गरिएको छ।

एकको दर्ता खारेज, तीनमा तालाबन्दी

नविकरण नगरिएका, अनुमति नै नलिई गैरकानुनी रुपमा विभिन्न सेवा प्रदान गरिरहेका र मापदण्ड नपुगेका विभिन्न संस्थामाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।

तलब नपाएपछि विद्यालयमा तालाबन्दी

यहाँको एक विद्यालयका शिक्षकहरूले एक वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन्। जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका शिक्षकले तलब नपाएको भन्दै सोमबारदेखि तालाबन्दी गरेका हुन्।

एक वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी

एक विद्यालयका शिक्षकहरूले एक वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन्।

शिक्षक अनुपस्थित भएपछि स्थानीयद्वारा विद्यालयमा ताला

मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाको एक विद्यालयमा लामो समयदेखि शिक्षक अनुपस्थित भएको भन्दै स्थानीय अभिभावकले विद्यालयमा ताला लगाएका छन्।

अमरगढी ६ को कार्यालयमा तालाबन्दी

स्थानीय वडा सरकार एकलौटी रुपमा सञ्चालन हुँदै आएको भन्दै अमरगढी नगरपालिका वडा नं. ६ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। वडा कार्यालयले स्थानीयको सहभागितामा गर्नुपर्ने कामहरु मनोमानी ढङ्गले गरिँदै आएको भन्दै वडा वासीले बिहिबार वडा कार्यालयमा ताला लगाएका हुन्।

विप्लवका कार्यकर्ताले लगाए ताला

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का कार्यकर्ताहरुले मुगुका स्थानीय सरकारका कार्यालयहरुमा आइतबार राती ताला लगाएका छन्। जिल्लाका छायानाथ रारा नगरपालिका, खत्याड गाँउपालिका र सोरु गाँउपालिकामा गएराती आएका विप्लवका कार्यकर्ताहरुले ताला लगाएका हुन्।

गाउँपालिका र १२ वडा कार्यालयमा लगाइएको ताला तोडियो, शंकास्पद वस्तु डिस्पोज गर्न सेना

भित्रि मधेस क्षेत्रका स्थानीय तह र वडा कार्यालयमा लगाइएका ताला तोडिएका छन्। शंकास्पद वस्तु हटाउन भने सकिएको छैन। आलिताल गाउँपालिका तथा ८ वटै वडा कार्यालय र परशुराम नगरपालिकाका चार वटा वडा कार्यालयमा लगाइएका ताला तोडिएका हुन्।

अछामका १२ वडा कार्यालयमा तालाबन्दी

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ। पार्टीको सेती महाकाली ब्युरोका नाममा पम्पलेट टासेर आईतवार बिभिन्न स्थानीय तहका वडाहरुमा तालाबन्दी गरेको हो ।

चार वडा कार्यालयमा तालाबन्दी, तालामाथि नै शंकास्पद बस्तु

चार वटा वडा कार्यालयमा तालाबन्दी गरिएको छ। त्यसमध्ये दुई वडा कार्यालयमा शंकास्पद बस्तुसमेत फेला भेटिएका छ। जोगबुढाको परशुराम नगरपालिका वडा नं. ९ गाईबाधे र वडा नं १० कुर्मुल्ले स्थित वडा कार्यालयमा तालाबन्दी गरी तालाकै माथि शंकास्पद बस्तु झुन्डाइएको छ।

अनियमितताको आरोपमा सहकारीमा तालाबन्दी

तनहुँको एक सहकारीमा अनियमितताको आरोपमा सञ्चालक समिति र शेयर सदस्यले छानविनको माग गर्दै ताला लगाएका छन्।

उपकुलपति र रेक्टरको कार्यालयमा तेस्रो दिन पनि तालाबन्दी

स्नातकोत्तर तह (एमडी/एमएस)मा ऐनविपरीत विदेशी विद्यार्थीलाई बढी सिट उपलब्ध गराएको भन्दै जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको तालाबन्दी तेस्रो दिन पनि यथावत् छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्