४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बालिकाको मृत्युपछि अस्पतालमा तालाबन्दी, अवस्था तनावग्रस्त

अस्पतालका चिकित्सकको लापरवाहीले चार वर्षीया बालिकाको मृत्यु भएको भन्दै परिवारजनले तालाबन्दी गरेका छन्।

त्रिवि सेवा आयोगमा तालाबन्दी

परीक्षाको नतिजामा त्रिविका पदाधिकारीहरुकै आफन्त तथा नातेदारहरुको नाम प्रकाशित भएको यस अघि नै सार्वजनिक भइसकेको छ।

तीन दिनपछि विद्यालयको तालाबन्दी खुला

दलित शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि तालाबन्दी रहेको महोत्तरीको पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माविमा आज दलित शिक्षकलाई हाजिर गराइएपछि तालाबन्दी खोलिएको छ।

नगरपालिकामा तालाबन्दी

नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आज बिहान तालाबन्दी गरेका छन्।

अनुसन्धान केन्द्रमा तालाबन्दी

राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्रमा एक सातादेखि लागेको ताला बिहीबार पनि खुल्न सकेन। केन्द्रका कर्मचारीले चार महिनादेखि तलब नपाएको भन्दै तालाबन्दी गरेका हुन्। लामो समयदेखि करारमा सेवा दिइरहेका कर्मचारीको समस्या सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको अस्पतालका कर्मचारीहरूले बताएका छन्।

प्राधिकरणमा तालाबन्दी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरूले जिल्ला आयोजना कार्यान्वयन एकाइको कार्यालयमा ताला लगाएका छन्।

नगरपालिका खुलाउन माग मेयर आफैँ धर्नामा

जिल्लाको दक्षिण–पश्चिम भारतीय सीमाक्षेत्रस्थित बलरा नगरपालिका कार्यालय खुलाउन माग गर्दै उक्त नगरपालिकाका मेयर आफैँ धर्नामा बसेका छन्। उपमेयर रामसखीदेवी तथा बहुमत वडाध्यक्षले गरेको तालाबन्दीका कारण अढाई महिनाभन्दा बढी समयदेखि ठप्प बलरा नगरपालिका कार्यालय खुलाउन माग गर्दै मेयर अभयकुमार सिंह आइतबार धर्नामा बसेका हुन्। आइतबार दिउँसो सवा दुई बजेदेखि स्थानीय दुई दर्जन स्थानीयसँगै मेयर सिंह कार्यालयको मूलगेटमा डेढ घण्टा धर्नामा बसेका थिए।

तालाबन्दीले बलरा नगरपालिका साढे २ महिनादेखि ठप्प

जिल्लाको दक्षिणपश्चिम भेग भारतीय सिमाक्षेत्र स्थित बलरा नगरपालिकाका मेयर अभयकुमार सिंह विरुद्ध उपमेयर तथा बहुसंख्यक वडाअध्यक्षहरुले अनियमितताको आरोप लगाएका छन्। मेयर सिंहसँगको विवादका कारण उपप्रमुख सहित वडाअध्यक्षहरुले तालाबन्दी गरेका कारण साढे २ महिनादेखि बलरा नगरपालिका कार्यालय ठप्प छ।

गण्डकी कलेजमा शुल्क विवाद : विद्यार्थीले लगाए ओपिडीमा ताला

पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) का विद्यार्थीले अनधिकृत शुल्क असुली भएको भन्दै आन्दोलन चर्काएका छन्। उनीहरुले मंगलबार साँझदेखि अस्पतालको ओपिडी सेवामा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

पाटन क्याम्पसमा तालाबन्दी

विभिन्न पाँच विद्यार्थी संगठनहरुले विभिन्न माग राखी बिहीबारदेखि ललितपुरको पाटन संयुक्त क्याम्पसमा तालाबन्दी गरेका छन्। व्यवस्थापन संकाय अन्तर्गत बिबिएमा नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्ने विषयमा चरम लापरबाही भएको भन्दै गत कात्तिक १४ गते व्यवस्थापन संकाय विभागमा मात्र तालावन्दी भएको थियो। पछि समस्या समाधान नभएको भन्दै विद्यार्थीहरुले बिहीबार कलेजका सम्पूर्ण संकायमा तालावन्दी गरेका छन्।

सरकारको निर्णय मिचेर कार्यालय सार्ने दाउमा प्रमुख, कांग्रेसद्वारा तालाबन्दी

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहानबाट सार्न खोज्दा नेपाली कांग्रेस लहान नगर समितिले आइतबार यी कार्यालयमा तालाबन्दी गरेको छ। लहानबाट जलस्रोत कार्यालय सिरहा सदरमुकाम र खानेपानी कार्यालय राजविराज सप्तरी सार्न खोज्दा कांग्रेसका नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्