१३ आश्विन २०८१ आइतबार
image/svg+xml

दैलेख सदरमुकामको मुख्य सडक हिलाम्मे

वर्षातसँगै दैलेख सदरमुकामको मुख्य सडक हिलाम्मे भएको छ। सडक हिलाम्मे हुँदा सवारीसाधन हिड्न जोखिम भएको हो।

नेतृत्व सम्हाल्दै यूवाहरु

स्थानीय चुनावको नजिता अन्तिम चरणमा पुग्न थालेसंगै यूवाहरु वडादेखि पालिकासम्म नेतृत्वमा पुगेका छन्।

कांग्रेसले भत्कायो एमालेको गड

दैलेखमा यसपटकको निर्वाचनमा मत परिणाम २०७४ सालको स्थानीय तह निर्वाचन भन्दा ठिक उल्टो आएको छ। एमालेले जितेको पालिकाहरुमा कांग्रेसले बाजी मारेका छन्। जसले गर्दा कांग्रेसका उम्मेदवारले एमालेको गड भत्काउँदै विजयी भएका हुन्।

मतगणना स्थलमा मदिरा सेवन गरे-नगरेको परीक्षण हुने

दैलेखका ११ स्थानीय तहमा हुने मतगणना स्थलमा मदिरा सेवन गरे/नगरेको अनिवार्य परीक्षण गर्न मेशिन राखिने भएको छ।

नारायण नगरः एमाले किल्ला भत्काउन काँग्रेसलाई गठबन्धनको आड

नारायण नगरपालिका दैलेखमा यसपालीको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले एमालेको किल्ला भत्काउने रणनीतिमा लागेको छ। २०५२ सालमा स्थापना भएयता काँग्रेसले नारायणमा नेतृत्व लिन पाएको छैन।

चेलीबेटी बेचबिखन मुद्दा लिन मानेन प्रहरी

दैलेख प्रहरीले चेलीबेटी बेचबिखनविरुद्धको मुद्दा दर्ता गर्न नमानेको पीडितका आफन्तहरुले गुनासो गरेका छन्।

पहिलो सभाबाट पारित योजना नै अलपत्र

नारायण नगरपालिका दैलेखमा जनप्रतिनिधि आएलगत्तै गरेको पहिलो नगर सभाबाट पारित भएका योजनाहरु निर्माणविनै अलपत्र परेका छन्। ठूलो र महत्वाकांक्षी योजनाहरु ल्याएर कार्यान्वयन चरणमै जटिलता आउँदा अलपत्र परेको हो।

कर्णाली मन्त्रिपरिषद् बैठकः जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने निर्णय

कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेको छ।

आत्महत्या दुरुत्साहन कसूरमा कैंद र जरिवाना

चार छोराछोरी सहित आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले एक वर्ष अघि आत्महत्या गरेको घटनामा आत्महत्या दुरुत्साहन कसुरमा मानसिंहलाई उक्त फैसला सुनाईएको हो।

स्वास्थ्य जाँच नगराइएका खसी नियन्त्रणमा

मापदण्ड नपुर्‍याई बेच्न लगिएका खसी प्रहरीले रोकेको छ। नारायण नगरपालिका–८ स्थित प्रहरी पोस्टले चेकजाँचको क्रममा स्वास्थ्य जाँच प्रमाणपत्रबिनाका खसी बेच्न लगिरहेको पाएपछि ट्रक र खसी नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला पशु सेवा कार्यालय दैलेखमा बुझाएको हो।

मदिरा सेवन गरेर वडाध्यक्षले डाक्टरमाथि हातपात गरेको आरोप

वडाध्यक्ष बस्नेतले बुधबार राति साढे आठ बजेतिर ड्युटीमा रहेका डाक्टर यामप्रसाद शर्मालाई गालीगलौज गर्नुका साथै हातपातसमेत गरेका थिए।

दैलेखमा जीप दुर्घटनाः एक को मृत्यु ८ जना घाइते

दुर्घटनामा महावु गाउँपालिका–४ का ४० वर्षीय रामबहादुर हमालको मृत्यु भएको दैलेख प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले जानकारी दिए।

समुदायमै चेतना फैलाउँदै प्रहरी

दैलेख प्रहरी अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्दै गाउँगाउँसम्म पुगेको छ। ग्रामीण भेगमा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत घरेलु हिंसा, मदिरा प्रदार्थ सेवन, लागुऔषध सेवन, बालविवाह, छाउपडी प्रथा लगायतबाट निम्तिने घटनाहरुबारे सचेतना कार्यक्रम गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्