१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेतृत्व सम्हाल्दै यूवाहरु

भिमबहादुर भण्डारी, पार्वती सिंह, कल्पना थापा, मञ्जु पाण्डे र दिपेन्द्र पुरी।

स्थानीय चुनावको नजिता अन्तिम चरणमा पुग्न थालेसंगै यूवाहरु वडादेखि पालिकासम्म नेतृत्वमा पुगेका छन्। जनताहरु माँझ निकै लोकप्रिय छवि सावित गरेर निर्वाचित भएका यूवाहरुले आगामी ५ वर्षमा जनताको भावना अनुसार काम गनुपर्ने दायित्व थपिएको छ। जनताहरुले गरेको भरोसामा नेतृत्वमा पुगेका यूवाहरुले अटल भएका काम गर्नुपर्ने देखिन्छ।

२०४५ साल असार १८ गते सुर्खेतको तरंगामा जन्मिएका भिमबहादुर भण्डारीले सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार भइ विजयी भए। भण्डारीको शालिन र सरल व्यक्तित्वले जनताले कलिलो उमेरमै आफ्नो जनप्रतिनिधिमा अनुबन्धित गरे। उनले नेकपा एमालेका घनश्याम पाण्डेलाई हराउँदै बराहताल गाउँपालिको अध्यक्षमा निर्वाचित भएका हुन्। भण्डारीले ४ हजार ३ सय ९७ मत ल्याए भने उनका प्रतिद्वन्दी एमालेका पाण्डेले ३ हजार ५ सय ५५ मत ल्याएका थिए।

बराहतालकै उपाध्यक्षमा यूवा उम्मेदवार लक्ष्मी पुनमगर पनि विजयी भएकी छिन्। उनले ४ हजार ३ सय १ मत ल्याएर विजयी भएकी हुन्। उनका प्रतिद्वन्दी एमालेकी दुर्गा विष्टले ३ हजार ५ सय ९९ मत ल्याएकी थिइन्। बराहतालमा अध्यक्ष र उपाध्यक्ष दुवै यूवाहरु विजयी भएका हुन्।

कालिकोटको सान्रीत्रिवेणी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेबाट यूवा उम्मेदवार पार्वती सिंह १ हजार ६ सय ८१ मत ल्याएर विजयी भइन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार पशुविना बम १ हजार २ सय १२ मत ल्याइन्। लामो समयदेखि विद्यार्थी राजनितिबाट पार्टी राजनितिमा होमिएकी पार्वतीले यसपाली गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

दैलेखको आठबीस नगरपालिकाको उपप्रमुखमा एमालेनिकट अनेरास्ववियूमा राष्ट्रिय रुपमा विद्यार्थी नेताको छवि बनाएकी कल्पना थापा विजयी भएकी छिन्। थापाले ५ हजार १ सय १३ मत ल्याएर विजयी भइन्। उनको प्रतिद्वन्दी नेपाली कांग्रेसकी निशा  थापाले ४ हजार ९ सय ६५ मत ल्याएकी थिइन्। दुवै पार्टीले नगर उपप्रमुखमा यूवा उम्मेदवार चुनावी मैदानमा लडाएको थियो।

त्यस्तै दैलेखको महावु गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी यूवा नेतृ मञ्जु पाण्डे विजयी भएकी छिन्। उनले ३ हजार १ सय ५५ मत ल्याएर विजयी भएकी हुन्। उनको प्रतिद्वन्दी नेकपा एमालेकी दुर्गाकुमारी सिंहले २ हजार ३ सय १ मत ल्याएकी थिइन्। पाण्डे २०७४ को चुनावमा उपाध्यक्षमा पराजित भएकी थिइन्।

पाँच वर्ष अन्तरालमा गाउँको विकासमा खटिएकै कारण जनताले पाण्डेलाई यसपटक भारी मतसहित विजय भएका हुन्। त्यस्तै वडाहरुमा पनि यूवाहरु यसपटकको निर्वाचनमा चुनिएका छन्। दुल्लु नगरपालिका–१० का कांग्रेस पार्टी सभापति दिपेन्द्र पुरी वडाध्यक्षमा चुनिएका छन्। अघिल्लो चुनावमा एमालेले जितेको वडामा यसपटक ५ सय २५ मत ल्याइ एमाले उम्मेदवार हर्कबहादुर खड्कासँग बराबरी भएपछि गोलाप्रथाबाट पुरी अध्यक्षमा चुनिएका हुन्।

प्रकाशित: ५ जेष्ठ २०७९ ११:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App