१६ वैशाख २०८१ आइतबार
image/svg+xml

राष्ट्रिय धान दिवसमा रोपाइँ महोत्सव

२०औं राष्ट्रिय धान दिवसका अवसरमा कपिलवस्तुका विभिन्न स्थानमा रोपाइँ महोत्सव गरिएको छ। कृषि ज्ञान केन्द्र, धान सुपर जोन कपिलवस्तु, बुद्धभूमि नगरपालिका, बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले दिवसका अवसरमा रोपाइँ महोत्सव गरेका हुन्। सो अवसरमा खेतमा धान रोपाइँपछि दहीचिउरा खुवाएर खाजा खुवाइएको थियो।

धान रोप्दै विद्यार्थीहरू (फोटोफिचर)

‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न संघसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका छन्।

धान दिवसको नारा, ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’

आज बिसौं राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न संघसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका हुन्।

३३ अर्बको चामल आयात

सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा चालु आवको ११ महिनामा करिब साढे ३३ अर्बको धान तथा चामल आयात भएको छ।

मल अभाव हुनुमा ठेकेदार र ठेक्का प्राणालीमा समस्याः मन्त्री यादव

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले ठेकेदारहरुको लापरवाहीले गर्दा समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको बताएका छन्।

मल अभाव खेपीरहेका कृषकलाई प्रधानमन्त्रीको शुभकामनाः सहुलियत दरमा मलखादको व्यवस्था

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय धान दिवसको शुभकामना दिँदै सरकारले धान बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी आयात प्रतिस्थापन गर्न सहुलियत दरमा गुणस्तरीय बीउ मलखादको व्यवस्था गर्दै आएको बताएका छन्।

हराउँदै गयो रोपाइँको मौलिकता: सुनिनै छोडे असारे भाका

लोकगायिका हरिदेवी कोइरालाले गाएकी यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन्।

‘मल नपाएपछि १५ असारको के अर्थ?’

किसान धनेश्वरी श्रेष्ठ भन्छिन्, ‘जमिन बाँझो राखे जरिवाना तिराउने भन्ने सरकारले मल दिन नसक्दाचाहिँ किसानलाई के क्षतिपूर्ति दिन्छ? किसानलाई अहिले असार १५ को उत्सवभन्दा पनि मल धेरै जरुरी छ।’

आज राष्ट्रिय धान दिवस, खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन्। यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।

मनसुन आयो, मल आएन

करिब चार लाख एक हजार नौ सय ६ हेक्टरमा रोपाइँ हुँदै आएकोमा असार १४ सम्म ६१ हजार नौ सय २० हेक्टरमा रोपाइँ सकिएको छ । सिरहा गोलबजार गुरुधाम टोलका किसान शुभनारायण यादव ६ बिघा खेत रोपाइँका लागि तयारी अवस्थामा राखेका छन्। आफ्नो १० बिघामध्ये बाँकी चार बिघामा तरकारी खेती गर्दै आएका उनले यसपालि मल नपाएकाले रोपाइँ सुरु गर्न पाएका छैनन्।

प्रदेश ५ : मध्य असारसम्म आधा रोपाईँ सकियो

अघिल्ला वर्षहरुमा पानी नपरेकै कारण मध्यअसारसम्म आकाशतिर आँखा लगाउने किसानहरुले यो वर्ष भने धमाधम रोपाईँ गरिरहेका छन् ।

प्रदेश ५ : कोरोना संकटबीच राष्ट्रिय धान दिवस मनाइयो

कोरोना महामारीका बीच प्रदेश न. ५ सरकारले १७ औं धान दिवस मनाएको छ । रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारमा सोमबार कृषि विकास निर्देशनालय प्रदेश नं. ५ ले रोपाई गरेर धान दिवस मनाएको हो । उक्त अवसरमा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कोरोना महामारीले कृषिको महत्वलाई उजागर गरेको बताउँदै किसानलाई प्रोत्साहन गर्ने नीति लिएको बताईन ।

देखिएन धान दिवसको रौनक

हिले अधिकांश किसानलाई आ–आफ्नै खेतमा धान रोप्न भ्याइ–नभ्याइ छ। किसान खेतमा धान रोप्न व्यास्त रहँदा असार १५ लाई धुमधामकासाथ धान दिबसकारुपमा मनाउने गरिएको छ। तर, कोरोना भाइरसको संक्रमणका कारण यसवर्ष खोटाङमा धान दिवस औपचारिकतामै सिमित भए। किसानहरु खेतमा आँठा हाल्न, बाउसे गर्न र छुपुछुपु धान रोप्न व्यस्त छन् तर सरकारी तवरबाट आयोजना हुँदै आएको धान दिवस औपचारिकताका लागि मात्र आयोजना गरिए।

खुमलटारमा रोपाईं महोत्सव

आज असार १५, विविध कार्यक्रम गरी देशैभर राष्ट्रिय धान दिवस मनाइदैछ। ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाईं महोत्सब मनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्