५ पुस २०८१ शुक्रबार
image/svg+xml

युनाइटेडले लुकाकुलाई कारबाही गर्ने

म्यानचेस्टर युनाइटेडले स्ट्राइकर रोमेलु लुकाकुलाई अभ्यासमा उपस्थित नभएकोमा कारबाही गर्ने भएको छ। कुनै जानकारीबिना अभ्यासमा उपस्थित नभएको भन्दै क्लबले कारबाही गर्ने बुधबार जनाएको हो। तर कारबाहीबारे क्लबले केही तोकेको छैन। बेल्जियमका २६ वर्षे लुकाकुले गत दुई दिन पूर्वक्लब एन्डरलेक्टमा अभ्यास गरेका थिए। तर युनाइटेडमा सोमबार खेलाडीका लागि बिदा रहँदै आएको छ।

डिबाला युनाइटेडमा नजाने

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले युभेन्ट्सका स्ट्राइकर पाउलो डिबालासँगको सम्झौता प्रक्रिया रद्द भएको जनाएको छ। युनाइटेडले डिबालालाई ओल्ड ट्राफोर्ड भिœयाउने र बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुलाई टुरिन पठाउने गरी सम्झौता प्रक्रिया अघि बढाएको बताएको थियो। युभेन्ट्स पनि डिबालालाई फुकुवा गर्दै लुकाकुलाई क्लबमा अनुबन्धित गर्न इच्छुक देखिएको थियो। यद्यपि डिबालाले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन्।

कीर्तिमानी रकमबाट युनाइटेडमा म्यागुरी

‘हामीले म्याग्युरीलाई युनाइटेडमा सरुवा गर्ने रकममा सहमति गरिसकेका छांै। अन्य केही पक्षमा छलफल जारी छ,’ लेस्टरका प्रशिक्षक ब्रेन्डन रोडजर्सले भने, ‘ह्यारीको स्वास्थ्य परीक्षण बाँकी नै छ। उनी उत्कृष्ट खेलाडी हुन्।’

युनाइटेड डिबालासँग सम्झौतानजिक

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर पाउलो डिबालासँग सम्झौतानजिक पुगेको ब्रिटेनका सञ्चारमाध्यमले जनाएका छन्।

‘पोग्बाबारेको हल्ला कपोलकल्पित’

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले मिडफिल्डर पाउल पोग्बाबारे फिँजाइएको हल्ला कपोलकल्पित भएको बताएका छन्। फ्रेन्च मिडफिल्डर पोग्बाले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड यसअघि नै छोड्ने इच्छा व्यक्त गरेका थिए। पोग्बाको बहिर्गमनको इच्छासँगै स्पेनिस क्लब रियाल मड्रिड र इटालियन क्लब युभेन्ट्सले भित्र्याउने चाहना देखाएका छन्।

रसफोर्डद्वारा ग्रिनउडको प्रशंसा

म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कुस र सफोर्डले टोली सहकर्मी १७ वर्षीय स्ट्राइकर मासोन ग्रिनउडसँग ‘अद्भुत क्षमता’ भएको प्रतिक्रिया दिएका छन्। बुधबार लिड्समाथि ४–० को सहज जित हात पारेको खेलमा गोल गरेका ग्रिनउडको प्रशंसा गर्दै प्रशिक्षक ओले गनर सोल्सजायरले समेत उनी क्षमतावान् खेलाडी भएकाले नयाँ सिजनमा चेल्सीविरुद्ध अर्को महिना हुने इङ्लिस प्रिमियर लिगको पहिलो खेलमै टोलीमा स्थान बनाउने सम्भावना रहेको बताएका थिए।

पोग्बाको उत्कृष्ट प्रदर्शन

ओले गनर सोल्सजायरको टोली म्यानचेस्टर युनाइटेडले शनिबार भएको मैत्रीपूर्ण खेलमा अस्ट्रेलियाको पर्थ ग्लोरीमाथि २–० को जित निकाल्दा पाउल पोग्बाले उत्कृष्ट प्रदर्शन गरका छन्।

१९७४ एडी ‘रियुनाइटेड’

सांगीतिक रक ब्यान्ड १९७४ एडीका पुराना सदस्यहरू ‘रियुनाइटेड’ भएका छन्। सोमबार पुराना ब्यान्डका सदस्यहरूसहित देखिएको १९७४ एडीले औपचारिक रूपमा ‘रियुनाइटेड’ भएको घोषणा गरेका छन्।

उपाधिभन्दा टोली निर्माण पहिलो प्राथमिकता

म्यानचेस्टर युनाइटेडका पूर्वकप्तान वायन रुनीले क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, गारेथ बेल र सर्जियो रामोसजस्ता विश्व चर्चित खेलाडी भित्र्याए पनि क्लबमा रहेको समस्या समाधान नहुने प्रतिक्रिया दिएका छन्।

युनाइटेडको सम्भावना समाप्त

चेल्सीले इङलिस प्रिमियर लिग फुटबलमा आइतबार वाटफोर्डलाई हराउँदा म्याचेस्टर युनाइटेड बराबरीमै रोकिएको छ। यो नतिजासँगै चेल्सीको आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो हुँदा युनाइटेडको समाप्त भएको छ।

च्यासलको जितमा मिलन नायक

वीरगन्ज युनाइटेडलाई २–० ले पराजित गर्दै ‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लब राजधानीमा जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

म्यानचेस्टर डर्बीमा सिटीलाई सफलता

म्यानचेस्टर डर्बीमा बुधबार म्यानचेस्टर युनाइटेडमाथि सहज जित हात पारेसँगै म्यानचेस्टर सिटीका लोरी सानेले यस नतिजाले इङ्लिस प्रिमियर लिगको उपाधि रक्षा गर्ने लक्ष्यका लागि मनोबल बढेको प्रतिक्रिया दिएका छन्।

युनाइटेड सिमेन्ट्सको विशेष ग्राहक योजना

नया“ वर्षको उपलक्ष्यमा युनाइटेड सिमेन्ट्सले आफ्ना ग्राहकको लागि ‘युनाइटेड सिमेन्ट्सको उपहार सररर..... कार’ नामक योजना ल्याएको छ । यो योजनाअन्तर्गत हरेक २५ बोरा युनाइटेड सिमेन्ट खरिदमा ग्राहकले एउटा स्क्र्याच कुपन प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंक र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच बिमा सेवासम्बन्धी सम्झौता भएको छ।

युनाइटेड सिमेन्टसलाई आइएसओ

केएल दुगड ग्रुप अन्तर्गतको संस्था युनाइटेड सिमेन्ट्स प्रालिले आइसिएसबाट आइएसओ ९००१ः२०१५ आइएसओ १४००१ः२०१५ को प्रमाणपत्र पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्