लन्डन – चेल्सीले इङलिस प्रिमियर लिग फुटबलमा आइतबार वाटफोर्डलाई हराउँदा म्याचेस्टर युनाइटेड बराबरीमै रोकिएको छ। यो नतिजासँगै चेल्सीको आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो हुँदा युनाइटेडको समाप्त भएको छ।
चेल्सी ३७ खेलबाट ७१ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। बराबरीपछि ३७ खेलबाट ६६ अंक जोडेको युनाइटेड छैटौं स्थानमा उथावत्। त्यो बराबरीसँगै युनाइटेडको आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना समाप्त भएको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा लन्डन क्लब चेल्सीले वाटफोर्डलाई ३–० गोल अन्तरले हराउँदा युनाइटेडले हडर्सफिल्डसँग १–१ को बराबरीमा चिक्त बुझाएको हो।
स्टापहिलो हाफ गोल रहित बराबरी खेलेको चेल्सीले ४८औं मिनेटमा लोफट्स चेकको गोलबाट अग्रता लियो। ५१आंै मिनेटमा डिफेन्डर डेबिड लुईजले चेल्सीको अग्रता दोब्बर पारे। ७५औं मिनेटमा हिग्विनले गोल गर्दै लन्डन क्लबको जित सुनिश्चित गरे। पछिल्लो जितले चेल्सीले शीर्ष चार टोलीभित्र रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ। वाटफोर्ड ५१ अंक सहित दशौं स्थानमा छ।
युनाइटेडले खेलको आठौं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा हार बेहो¥यो। उसका लागि स्कट म्याक टोमिनेले गोल गर्दै अग्रता दिलाएका थिए। उनले फ्रिकिकमार्पmत गोल गरेका थिए। तर, ६०औं मिनेटमा इसाक एम्बेन्जाको गोलबाट हडर्सफिल्डले बराबरी गर्न सफल भयो। यता ,यसअघि नै रेलिगेसन पर्ने पक्का भएको लिगको पुछारको टोली हडर्सफिल्डले ३७ खेलबाट १५ अंक बनाएको छ।
प्रकाशित: २३ वैशाख २०७६ ०४:१४ सोमबार