२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

पोग्बाको उत्कृष्ट प्रदर्शन

पर्थ – ओले गनर सोल्सजायरको टोली म्यानचेस्टर युनाइटेडले शनिबार भएको मैत्रीपूर्ण खेलमा अस्ट्रेलियाको पर्थ ग्लोरीमाथि २–० को जित निकाल्दा पाउल पोग्बाले उत्कृष्ट प्रदर्शन गरका छन्।

स्पेनिस क्लब रियाल मड्रिड र इटालियन क्लब युभेन्ट्ससँग जोडिएका पोग्बाको ओल्ड ट्राफोर्ड अनिश्चित भएका बेला उत्कृष्ट प्रदर्शन गर्दा टोलीको जित सम्भव भएको हो। अस्ट्रेलिया भ्रमणसँगै उनको क्लब अनुबन्धको विषय सेलाएको हो।

युनाइटेड नयाँ कप्तानको खोजीमा रहेको समयमा पोग्बा टोलीबाट बाहिरिने मनस्थिति गराएका हुन्। शनिबारको खेलमा एस्ले योङ र हुवाँ माटाले पहिलो र दोस्रो हाफमा कप्तानी सम्हालेका थिए। पोग्बाका लागि केही सहमति हुन सक्छ भन्ने जिज्ञासामा युनाइटेडका प्रशिक्षकले सम्भावना जीवितै रहेको प्रतिक्रिया दिए।

‘पोग्बाबारे निर्णय लिन हामीले गृहकार्य गरिरहेका छौं। प्रि–सिजन कस्तो हुन्छ हामी पर्खाइमा छौं,’ प्रशिक्षक सोल्जायरले भने। गत सिजनको अस्ट्रेलिया ‘ए’ लिग प्रिमियर प्लेटको च्याम्पियन पर्थ ग्लोरीविरुद्ध जित निकाल्न इङ्लिस टोलीले निकै संघर्ष गर्नुपरेको थियो।

पहिलो हाफ गोलरहित बराबरी खेलेको युनाइडेडका लागि प्रशिक्षक सोल्सजायरले दोस्रो हाफमा समग्र टोलीमा नै परिवर्तन गरेका थिए। पोग्बालगायतका धेरै स्टार खेलाडीले दोस्रो हाफमा मैदान उतार्दा ६०औं मिनेटमा युनाइटेडले अग्रता लिन सफल भएको थियो। मार्कुस रसफोर्डले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेल सकिन पाँच मिनेट बाँकी रहँदा हामेस गार्नरले  टोलीका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए। युनाइटेडका प्रशिक्षक सोल्सजायरले जितबाट खुसी रहेको प्रतिक्रिया दिए।

प्रकाशित: ३० असार २०७६ ०५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App