मोरङमा बस दुर्घटना, एकको मृत्यु, १८ घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारीमा शनिबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारीमा शनिबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
सिमीकोट–चिसामूल हुँदै लाङ्नाबाट ढुङ्गा बोकेर आएको ट्र्याक्टर सदरमुकाम सिमीकोट ल्याउने क्रममा बिहीबार साँझ भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
तनहुँको व्यास नगरपालिका–२ वुल्दीको पुलनजिकै बिहीबार राति एउटा रात्रि बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ । दुर्घटनामा परी आठजना यात्रु घाइते भएका छन् ।
एमाले—माओवादीको संयुक्त चुनाब प्रचारमा परिचालन भएको जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। जिल्लाको दक्षिण–पश्चिमी भेगको मध्यनेपाल नगरपालिका वडा नं २ सोतीपसलमा भएको जीप दुर्घटनामा परेर ९घाइते भएका हुन्।
चीनको उत्तर दक्षिणी क्षेत्रमा पर्ने सिन्जिआङ स्वायत्त प्रदेशमा आएको भूकम्पमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् ।
काठमाडौंबाट दोलखा जाँदै गरेको बा३ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको पाङ्ग्रेटारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–७मा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको बिहीबार मृत्यु भएको छ ।
चुनाव प्रचारमा गएको राप्रपा कार्यकर्ता सवार बा १६ च ५२७१ नंको जिप सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
चुनाव प्रचार प्रसारमा जम्काभेट हुँदा धादिङको गजुरी गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ।
जिल्लाको मालिका गाउँपालिकामा सोमबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मालिका गाउँपालिका ४ अर्खवाङ्गका ८० वर्षीय डोरबहादुर खत्रीको मृत्यु भएको हो ।
दक्षिण भारतीय राज्य तामिल नाडू प्रान्तीय राजधानी चेन्नाइमा अवस्थित एक आवासीय भवनमा सोमबार भएको आगलागीमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ ।
तेह्रथुमको अठराइबाट फिदिम तर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको छ ।
यहाँका दुई छुट्टाछुट्टै स्थानमा गएराति चट्याङ पर्दा पाँचजना घाइते भएका छन् ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को आक्रमणबाट कालिकोटमा सात जना प्रहरी घाइते भएका छन्। प्रहरीको एक थान हतियार पनि भाँचिएको छ। घाइते मध्ये एक जना प्रहरीलाई थप उपचारका लागि सदरमुकाम मान्मा ल्याइएको छ ।
खोटाङमा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । उदयपुरको कटारीबाट यात्रु लिएर सदरमुकाम दिक्तेल आउँदै गरेको ना १ ज ३६१६ नम्बरको जीप हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा दुर्घटना हुँदा चालक सहित दश जना घाइते भएका हुन् । गुडिरहेकै समयमा पछाडिपट्टीको टायर फुत्किएपछि शुक्रबार साँझ जीप सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।