सवारी दुर्घटनामा १० घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु–८ अरुणखोला र चोरमारा जङ्गलमा आइतबार बिहान भएको सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् जसमध्ये चारको अवस्था गम्भीर छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु–८ अरुणखोला र चोरमारा जङ्गलमा आइतबार बिहान भएको सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् जसमध्ये चारको अवस्था गम्भीर छ ।
शनिबार बिहान भारतको प्रसिद्व तीर्थस्थल बद्रीनाथमा तीर्थालु बोकेको एक हेलिकप्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ पाइलट घाइते भएका छन्।
कांग्रेस कार्यकर्ताको कुटपिटबाट खोटाङमा एमालेका वडाध्यक्षका उम्मेदवार घाइते भएका छन् । कांग्रेसको झण्डा च्यातिएको विषयमा उत्पन्न विवादकाक्रममा भएको दोहोरो झडपमा एमाले दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार ईन्द्र तामाङ गम्भीर घाईते भएका हुन्।
चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आज बिहान ट्रक दुर्घटनामा १० जना घाइते भएका छन्।
काभ्रेको तीनपिप्लेमा आइतबार विहान यात्रुवाहक बस दुर्घटना भएको छ । काठमाडौँबाट कोशीपारी कात्तिके देउराली जाँदै गरेको बा २ ख ६४४१ नम्बरको बस दुर्घटना भएको हो ।
८० जनाको ज्यानगरी अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा पाँच नेपाली घाइते भएका छन्। उनीहरु सबै खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा जहाज चालक महासेनानि क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको छ। सहचालक मेजर अनिता अाले र सुवेदार पूर्ण खड्का घाइते छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–१ स्थित महादेवा चोकमा सोमबार बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै २४ जना घाइते भएका छन् ।
जिल्ला सदरमुकाम धादिङबेसीबाट खहरे जाँदै गरेको बस धादिङको निलकण्ठ नगरपालिका वडा नं. १० गोलाभञ्ज्याङ स्थित भकारेमा दुर्घटना भएको छ। दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढि घाइते भएका छन्।
निर्वाचित भएपछि मतदाताको घरघरमा पुगेर धन्यवाद दिने र मतदातासँग सुझाव लिने उद्देश्यले गाउँ भ्रमणमा निस्किएका गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ शुक्रबार मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् ।
जाजरकोटमा विहीबार साँझ चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शनिबार साँझदेखि आएको हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर झापामा एक व्यक्तिको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
जितपुर–सिमरा उपमहानगरपालिका–१ मा शनिबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
धादिङको नीलकण्ठ नगरपालिका–५ देउरालीमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएका छन् ।
संविधानसभा निर्वाचनका प्रयोग गरिएको उम्मेदवारको गाडी पल्टिँदा छ जना घाइते भएका छन्।