९ मंसिर २०८१ आइतबार
image/svg+xml

दुईदशक पछि कन्दराको ‘कमब्याक’

पोखरेली व्याण्ड कन्दरा दुईदशक पछि गृहनगरमा गुञ्जिने भएको छ। कुनैबेलाको चर्चित र लोकप्रिय कन्दरा झण्डै २० वर्षपछि आउँदो शुक्रबार साँझ पोखराको प्रदर्शनी केन्द्र नयाँबजारमा गुञ्जिन लागेको हो।

बास्ना गुमाउँदै पोखरेली ‘जेठोबुढो’

कृषि सञ्जालका संयोजक लोकबहादुर गुरुङले वातावरणमा प्रतिकूल असर, रासायनिक मलको प्रभाव र उन्नत जात (हाइब्रिड) का कारण जेठोबुढो धान पोखरेलीको बास्ना हराउँदै गएकाे बताए।

फेस्टिभलले चिनियाँ पाहुनाको आगमन बढाउने अपेक्षा

पोखरेली पर्यटन व्यवसायी चिनियाँ पाहुनाबाट ठुलो अपेक्षा गर्छन्। कोरोना भाइरस संक्रमण सुरु हुनुअघि भित्रिएका ठुलो आकारका चिनियाँ पाहुनाका कारण पर्यटन क्षेत्रमा निकै राहत मिलेको थियो।

पोखरेली व्यवसायी भन्छनः पोखरा–चीन जोड्नेगरि हवाई उडान थाल्नुपर्यो

चीनले पर्यटकलाई नेपालसम्मको घुमघामलाई खुकुलो त बनायो, तर पोखरासम्म सिधा हवाई उडान नहुँदा चाहेजति चिनियाँ पाहुना आउन नसकेको तर्क गर्दै पोखरेली पर्यटन व्यावसायीले चीनलाई पोखरासम्म हवाई उडानमार्फत जोड्ने पहल गरिदिन आग्रह गरेका छन्। नेपालका लागि चिनियाँ राजदुत चेन सङ सँग भेट गर्दै पोखरेली पर्यटन व्यावसायीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म चिनियाँ सहरलाई जोड्नेगरि हवाई उडानको पहल गरिदिन आग्रह गरेका हुन्।

वित्तीय संस्थाको ज्यादतीविरुद्ध पोखरेली व्यवसायीको प्रदर्शन

बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध पोखरेली उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले मनपरी रुपमा बैंक ब्याजदर बढाएको तथा ऋण र किस्ता तिर्नका लागि दवाब दिएको विरुद्धमा पोखरेली उद्योगी व्यवसायीहरुले पोखराको चिप्लेढुंगामा प्रदर्शन गरेका हुन्।

अरुणा लामा र तारादेवीलाई पोखरेली कलाकारको ‘ट्रिब्यूट’

पोखराले कलाकारले स्वरसाम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित अरुणा लामा–तारादेवी स्मृति साँझमार्फत श्रद्धासुमन व्यक्त गरेका छन। लामाको स्मृति दिवसको दिन पारेर पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएमको संयुक्त आयोजनामा स्मृति साँझ आयोजना गरिएको हो।

पोखरेली पुलकित: अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा, अन्तर्राष्ट्रिय उडान भने भएन

लामो संघर्षपछि आफ्नै आँगनमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि पोखरेली निकै खुसी देखिए। विमानस्थल उद्घाटनमा हजारौं पोखरेली सहभागी भए।

आहा रारा गोल्डकपः आर्मीलाई हराउँदै मनाङ फाइनलमा

प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको समय र थपिएको ३० मिनेटको समयमा दुवै तर्फबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा मनाङका फ्य्रांक्लिन कुइट्टे टल्ला, शिव गुरुङ, रूपेश केसी र अफिज ओलावालेले गोल गरेका थिए।

मौद्रिक नीतिः कार्यन्वयनमा पोखरेलीको सधैं आशंका

नेपाल राष्ट्र बैंकले कोभिड–१९ का कारण थला परेका उद्योगी–व्यवसायीलाई राहत पुग्ने गरी मौद्रिक नीति ल्याएको व्यवसायिक क्षेत्रले बताउँदै आएको छ । तर, पोखराको पर्यटन क्षेत्रको भने जहिल्यै यसप्रति गुनासो गरिरहन्छ । व्यवसायीको गुनासो यो पटक पनि उस्तै छ । गुनासो हो– मौद्रिक नीति वर्षेनी राम्रो आउँछ, तर, कार्यन्वयमा ढिलाई हुँदा जहिल्यै निराश बन्नुपरेको छ ।

ए डिभिजन क्लबमा पोखरेली खेलाडीको सहभागिता घट्दै

फुटबल संघ कास्कीको एकातिर निष्क्रियता र अर्कोतिर फुटबलको गतिविधि शून्यताले पोखराबाट ए डिभिजन लिग खेल्ने खेलाडीहरु बिस्तारै घट्दै गएका छन् ।

पोखरेली व्यवसायी भन्छन्ः हामीलाई खोप चाहियो

साना ठुला व्यवसायीका सबैं संस्थाहरु यतिबेला कोरोना विरुद्धको खोप माग्दै सरकारी निकायमा धाउने गरेका छन । तर, उनीहरुले मागेजस्तो खोप पाएका छैनन ।

खोप र राहत नपाए सरकारलाई तालाचाँबी बुझाउँछौः पोखरेली पर्यटन व्यवसायी

कोरोना भाईरस संक्रमणको दुईवटा लहरको मार खेपिसकेका पर्यटन व्यवसायीले खोपमा प्राथमिकता नपाउने र पर्यटन क्षेत्र लक्षित राहत कार्यक्रम नल्याउने हो भने आन्दोलन गर्ने चेतावनि दिएका छन् । व्यवसाय टिकाउन हम्मेहम्मे परेको भन्दै व्यवसायीले व्यवसायको तालाचाँबी नै सरकारलाई बुझाउनेसम्मको चेतावनि दिएका हुन् ।

आन्तरिक पाहुनालाई पोखरेली व्यवसायीको निम्तो

पोखरेली पर्यटन व्यवसायीले आन्तरिक पाहुनाको भरमा मात्र व्यवसाय कसरी चलायमान बनाउन सकिन्छ भन्ने अनुभव पटकपटक बटुलेका छन् ।

मौद्रिक नीतिले पोखरेली व्यवसायी खुशी

सबैखाले व्यवसायीलाई आर्थिक रूपमा राहत मिल्न गरी राष्ट्रबैंकले आर्थिक वर्ष ०७७/७८ का लागि मौद्रिक नीति ल्याएको भन्दै पोखरा उद्योग वाणिज्य संंघले व्यवसायीको मनोवल बढेको बताएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्