६ आश्विन २०८१ आइतबार
image/svg+xml

भरतपुरमा रेणु दाहाल १ सय ५६ मतले अगाडि

चितवन- भरतपुर महानरपालिका वडा नं. २० को २८ सय मत गणना हुँदा काँग्रेस माओवादी केन्द्रको गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन्। २० नम्बर वडाको २८ सय मत गन्दा १ सय ५६ मतले दाहाल अगाडि छन्।

भरतपुर १९ को पुनःमतदानले गठबन्धनलाई राहत

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा भएको पुनःमतदानको नतिजाले मेयर उपमेयर पदमा चुनावी तालमेल गरेका सत्तारुढ गठबन्धनलाई राहत दिएको छ। हिजो शुक्रबार भएको मतदानको आज घोषणा भएको परिणाम अनुसार वडामा नेपाली काँग्रेसका उम्मेद्वारहरुको प्यानल नै विजयी भएको छ। मेयर पदमा गठबन्धनकी उम्मेद्वार माओवादी केन्द्रकी रेणु दाहाललाई जितको सम्भावना बढाउने मत प्राप्त भएको छ।

भरतपुरको मतगणनास्थललाई जालीले घेरियो

मत गन्दा गन्दै गणनामा बसेकाहरुले मतपत्र च्यातेका कारण दोहर्‍याएर मतदान गर्नु परेको भरतपुर वडा नं. १९ को मत गाणनाका लागि विशेष सुरक्षा व्यवस्था अपनाइएको छ। मतगणना स्थललाई जालीले घेरिएको छ। सो वडामा आजै निर्वाचन भएको थियो। तीन हजार ७९७ मतदाता रहेको भरतपुर १९ मा आज दुई हजार ८७० मत खसेको जिल्ला निर्वाचन कार्यालायका प्रमुख हरि ढकालले बताए। यसअघि सो वाडमा दुई हजार ८९७ मत खसेको थियो।

भरतपुर १९ मा उत्साहपूर्ण मतदान (फोटो फिचर)

मत गन्दा गन्दै गणनामा बसेकाहरुले मतपत्र च्यातेका कारण भरतपुर महानगरपालिकाको वडा नं. १९ मा अढाइ महिना नहुँदै आज साउन २० गते दोस्रो पटक मतदान भइरहेको छ।

कडा सुरक्षाकाबीच भरतपुर-१९ मा पुनः मतदान सुरु

पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान सुरु भएको छ । बिहान ७ बजेपछि सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए।

भरतपुर काण्डमा अदालत

मतगणना बिथोल्ने तथा मतपत्र च्यात्ने र मतगणना स्थल नै कब्जामा लिनेसम्मको अपराध गर्ने ती व्यक्तिहरूलाई निर्वाचन अपराध र सजाय ऐन, २०७३ बमोजिम सजाय हुन्छ कि हुँदैन?

भरतपुर १९ : मौन अवधिमा चहलपहल

मतगणनामा बसेका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिका वडा नं. १९ मा शुक्रबार  फेरि मतदान हुँदैछ। महानगरको एउटा वडामा मात्र मतदान हुन लागेको भए पनि मतदाता  आफ्नो पक्षमा तान्न जिल्ला नेता मात्र होइन, केन्द्रीय नेता जुटेका छन्। कुल ३ हजार ७ सय ९७ मतदाता रहेको उक्त वडामा यसअघि २ हजार ८ सय ९७ मत खसेको थियो।

भरतपुर मेयर उम्मेदवार ज्ञवालीका छोरा पक्राउ

सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको उजुरीका आधारमा भरतपुर महानगरपालिकाका मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ज्ञवाली पक्राउ परेका छन्।

पुन: मतदानको फैसला पछि भरतपुर १९ का मतपत्र जलाइयो

२० वर्षपछि भएको स्थानीय निर्वाचनमा जनप्रतिनिधि चुन्न भरतपुर महानगरपालिका वडा नं. १९ का मतदाताहरुले बैशाख ३१ गते छाप लगाएका मतपत्रहरु गणना पुरा नहुँदै मंगलबार साँझ सवै जलाइएका छन्।

भरतपुर १९ मा साउन २० गते मतदान हुने

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा साउन २० गते मतदान हुने भएको छ। स्थानीय तह निर्वाचनको पहिलो चरणमा बैशाख ३१ गते मतदान भएको भरतपुरमा वडा नं. १९ को मतगणना जारी रहँदा जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएको थियो ।

भरतपुर १९ : उम्मेदवारहरू मत माग्न सक्रिय

अढाइ महिनापछि भरतपुर महानगरपालिकाको वडा नं. १९ फेरि चुनावमय भएको छ। उम्मेदवारहरूले मतदाता भेट्न थालेका छन्। गणना नसकिँदै मतपत्र च्यातिएपछि वडा नं. १९ को चुनावी नतिजाबारे लामो समयसम्म अन्योल थियो। सर्वोच्च अदालतले मतपत्र च्यातिएको वडामा फेरि मतदान गराउन आइतबार आदेश दिएपछि उम्मेदवारहरू सक्रिय भएका हुन्।

भरतपुर १९ वडामा पुनः मतदान आदेश

सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको एउटा वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्मत ठहर गरेको छ। अदालते भरतपुर महानगरपालिकाको १९ वडामा पुनः मतदान गराउने आदेश दिएको छ।

भरतपुर १९ मा पुन: मतदान गर्न सर्वोच्चको आदेश

भरतपुर महानगरपालिका-१९ को मत परिणाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुन:मतदान गर्नुपर्ने फैसला सुनाएको छ।

डा. केसीको समर्थन गर्दै भरतपुरमा प्रदर्शन

काठमाडौंमा अनशनरत डा.गोविन्द केसीको माग सम्बोधन गरेर उनको जीवन रक्षा गर्न सरकारसँग माग गर्दै शुक्रबार साँझ भरतपुरको चौबिसकोठीमा प्रदर्शन भएको छ । चिकित्सा क्षेत्रमा सुधारको माग राखेर डा.केसीले पाँच दिन पहिलो काठमाडौंमा आमरण अनशन सुरु गरेका छन् । उनले आमरण अनशन सुरु गरेको यो ११ औं पटक हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्