९ मंसिर २०८१ आइतबार
image/svg+xml

१० महिनामा अढाई खर्बका कृषिजन्य वस्तु आयात

मुलुकको व्यापार घाटा १० महिनामै १२ खर्ब रूपैयाँ पुगेको छ। सरकारले हरेक वर्ष बजेटमा स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिन्छ तर परिणाम भने निराशाजनक छ।

बाँझो जग्गा सदुपयोग गर्दै गाउँपालिका

धनकुटाको सहिद भूमि गाउँपालिकाले बाँझै रहेको सार्वजनिक जग्गा सदुपयोग गर्दै फलफूलका बिरुवा रोपेको छ ।

खोटाङमा बाँझो जग्गालाई लिचीको पकेट क्षेत्र बनाइँदैं

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले १५ वर्षदेखि बाँझिएको जग्गामा सामुहिकरुपमा लिची खेती लगाएका छन्। लिचीको पकेट क्षेत्रकारुपमा विकास गर्नका लागि स्थानीय बरबोटे बिज बृद्धि कृषक समुहमा आवद्ध किसानले लकडाउनको अवधिमा बयाखुखोला नजिकैको दुई सय रोपनी जग्गामा दुई हजार बोटभन्दा बढि लिचीको बिरुवा रोपेका हुन् ।

गोदावरीमा जग्गा बाँझो राख्नेलाई आनाकाे एक सय जरिवाना

ललितपुर गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा बाँझो जग्गा राख्ने नगरवासीलाई आनामा एक सय रूपैयाँका दरले जरिवाना गराउने भएको छ।

बाँझो जग्गामा खेती

काठमाडौं बस्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका चन्द्रबहादुर कार्कीले लकडाउनको समयमा गाउँमा आठ सय बोट कागती रोप्न सुरु गरेका छन्। कार्कीले हाल कागती रोप्ने खाल्डो तयार पारेर कागती लगाइरहेको छन्।

लकडाउनले बाँझो जग्गामा खेती

काठमाडौं बस्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका चन्द्रबहादुर कार्कीले लकडाउनको बीचमा गाउँ आएर आठ सय बोट कागती रोप्न सुरु गरेका छन् ।

लकडाउनमा बाँझो जग्गाको उपयोग

जुम्ला घोडे गाउँका जंगबहादुर रोकाया लकडाउनको समयमा खेतिकिसानीमा ब्यस्त थिए । सदरमुकाम खलंगामा होटल व्यवसाय चलाउँदै आएका उनी लकडाउन भएसंगै गाउँ फर्के ।

भूमि बैंकमार्फत बाँझो जग्गा प्रयोगमा ल्याइने

कृषि उत्पादन बढाउन सरकारले भूमि बैंकमार्फत बाँझो जग्गा प्रयोगमा ल्याउने तयारी गरेको छ। कृषि क्षेत्रको उत्पादन वृद्धि नभएपछि जग्गा उपयोगमा ल्याई उत्पादन बढाउन यस्तो रणनीति बनाएको हो। अहिले मुलुकमा खेतीयोग्य जमिनको करिब २५ प्रतिशत बाँझो छ।

महिलाहरूले फुलाए एक बिघा बाँझो खेतमा ढकमक्क सयपत्री फूल

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बाँझो जग्गामा व्यवसायिक पुष्प खेती गर्न थालिएको छ। नेपालमा भारतबाट वर्षेनी करोडौंको फूल आयात हुँदै आएकाले त्यसलाई न्यूनिकरण गर्नका लागि ८ जना महिलाहरूले सामूहिक रुपमा पुष्पखेती गर्न थालेका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्