९ मंसिर २०८१ आइतबार
image/svg+xml

जिब्रो छेड्ने जात्रा दिउँसो १२ बजेदेखि

भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेमा प्रत्येक वर्ष वैशाख २ मा हुने जिब्रो छेड्ने जात्रा यो वर्ष शनिबार दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ।

रात पर्दै जाँदा मध्यपुरथिमिको सिद्धिकाली र विष्णुवीर जात्राको रौनक बढ्दै

एउटा समूह धिमे बाजा, झ्याली बजाउँदै अगाडि लागेका, सँगै अर्को समूह कपासको बत्ती धपक्कै बल्ने चिराग हातहातमा लिएर पछिपछि लागेका र त्यसपछि टोलटोलमा सिद्धिकाली र विष्णुवीर देवता विराजमान खट बोकेर टोलटोल घुमिरहेका छन्।

बिस्काः जात्रा : सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन्।

सेवाग्राहीको आक्रोश: सरकारले कहिले दिन्छ सहज सेवा?’

उनले भने, ‘यस्तो चिसोमा बिहानैदेखि लाइन बसेका छौँ, यस्तो साँघुरो ठाउँमा कार्यालय राखेको छ, त्यो पनि दिनभरी लाइन बस्दा पनि सेवा पाइदैन। एउटै सेवा लिन चार ठाउँमा लाइन बस्नुपर्छ, एकै दिनमा सबै सेवा लिन सकिन्न, यहाँ आफन्तको घरमा आएर बसेको छु, सरकारले कहिले दिन्छ सहज सेवा?’

वडाव्यापी लिग फुटबल प्रतियोगिताको तयारी पूरा

करिब महिनासम्म आयोजना हुन लागेको लिगमा सहभागी टोलीका सम्पूर्ण खेलाडी मध्यपुर थिमिका स्थायी बासिन्दा हुनुपर्ने प्रावधान आयोजकले तोकेको छ। साथै सम्बन्धित वडाका खेलाडीले सोही वडाको प्रतिनिधित्व गर्नुपर्नेछ।

भक्तपुरमा गाडीले किचेर १७ महिने शिशुको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि शुक्रबार खेल्दाखेल्दै गाडी मुनि पुगेका १७ महिनाको बालकको गाडीले किचेर मृत्यु भएको छ।

विपन्न परिवारलाई आवास हस्तान्तरण

बागमती प्रदेश सरकारद्वारा प्राप्त रु १७ लाख २० हजारबाट मध्यपुरथिमि नगरपालिको बोडे, नगदेश, चपाचो र ताहाननीमा एक एक जना अति विपन्नलाई आवासको साँचो हस्तान्तरण गरिएको हो।

नेकपा समाजवादीका अध्यक्ष बस्नेत घर तोडफोड

'करिब आठ जनाको समूह आएका थिए तर घरभित्र भने तीन जनामात्रै आएका थिए, कान्छो छोरा आडम मसँगै थियो, एक जनाले हातमा पेस्तोल लिएको थियो, त्यसले सिधैँ हामी सुत्ने कोठामा आएर मेरो पेस्तोल कन्चटमा राखेर डर, त्रास र धम्की दियो, अरुले अन्य कोठामा खोजी गरे। तर उहाँलाई देखेनन्, मेरो जेठो छोरा आदेशसँगैको कोठामा सुतेको थियो, उ उठेर आएपछि एक जनाले उसलाई समाउन खोज्यो, अर्कोले त्यो होइन छाडिदे भने पछि गालामा हान्यो र ढोका तोडफोड गरेर फर्किए।'

अरुको नाममा ट्रायल दिने पाँंच जना पक्राउ

विभिन्न मितिमा प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले नक्कली नागरिकताहरु, पासपोर्ट, प्रवेश पत्रहरु, विभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइलसहित नियन्त्रणमा लिइ लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले बिहीबार जनाएको छ।

भक्तपुर मनोहरा सुकुम्बासी बस्ती डुबान (फोटोफिचर)

गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्बासी बस्ती डुबानमा परेको छ। जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ।

मध्यपुरठिमिमा घरघर र चोकचोकमा थुप्रियो फोहाेर

मध्यपुरठिमि नगरपालिकाको कार्यालय नजिकै पाटी विहार अगाडि दुई सातादेखि फोहोरको डंगुर थुप्रिएको छ।

पुतलीसडकमा गोर्खा इको प्यानलको शाखा कार्यालय सञ्चालन

भक्तपुरको राधेराधे मध्यपुरथिमिमा मुख्य कर्पाेरेट कार्यालय रहेको गोर्खा इको प्यानलले काठमाडौँको पुतलीसडकमा पनि शाखा कार्यालय खोलेर सञ्चालनमा ल्याएको छ।

करेन्ट लागेर भक्तपुरमा एक जनाको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ मनहरा सुकुम्बासी वस्तीमा करेन्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ।

मध्यपुरथिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले

मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेससहितको गठबन्धन विजयी भएको छ।

मध्यपुर थिमीको मेयरमा कांग्रेसका सुरेन्द्र विजयी

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीचको गठबन्धनका मेयर र उपमेयर विजयी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्