६ वैशाख २०८१ बिहीबार

घोराही उपमहानगरको कोरोना खर्च झन्डै तीन करोड

क्वारेन्टिन व्यवस्थापनका नाममा झुटो प्रतिवेदन तयार पारेको घोराही उपमहानगरपालिकाले कोरोना रोकथामका लागि झन्डै ३ करोड रकम खर्च गरेको प्रतिवेदन तयार पारेको छ। प्राप्त सूचनाअनुसार उसले नेपालमा कोरोना संक्रमण सुरु भएदेखि क्वारेन्टिन र आइसोलेसन कायम रहँदासम्म २ करोड ८० लाख ७० हजार ८ सय ३७ रूपैयाँ खर्च गरेको जनाएको छ।

कोरोना नियन्त्रणमा २७ करोड खर्च

पत्रकार सम्मेलनमा प्रमुख सचिव दिनेश भट्टराईले प्रदेश १ मा २७ करोड ३३ लाख ८९ हजार ८ सय ९० रुपैयाँ विभिन्न मन्त्रालयलाई निकासा भई खर्च हुनेक्रममा रहेको बताए । प्रदेश १ मा हाल सम्म कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि ३३ करोड ५४ लाख १ हजार रुपैयाँ प्राप्त भएको छ ।

इटहरीमा कोरोना खर्च चार करोड ३३ लाख

इटहरी उपमहानगरपालिकाले कोरोना संक्रमण (कोभिड–१९ ) को नियन्त्रण र रोकथाममा अहिलेसम्म चार करोड ३३ लाख रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ। उपमहानगरपालिकाको सातौं नगर परिषदका क्रममा बुधबार उपप्रमुख लक्ष्मी गौतमले संक्रमणको कारण प्र्रभावितलाई राहत, उद्दार, क्वाराइन्टाइन व्यवस्थापन तथा सञ्चालनका लागि सञ्चित कोषबाट खर्च भएको जानकारी दिइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्