१५ वैशाख २०८१ शनिबार
image/svg+xml

नापीका अमिनले ४ हजार घुस लिएको भन्दै भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयमा कार्यरत एक अमिनले ४ हजार रुपैयाँ घुस लिएको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

ललितपुर नापी कार्यालयका नापी सर्भेक्षकसहित ३ जना घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई साढे २ लाख घुससहित मङ्गलवार पक्राउ गरेको हो।

तेत्तिस रोपनी सरकारी जग्गा व्यक्तिको नाममा हालसाविक गर्न दबाब

गोगँबु नयाँ बसपार्कबाट करिब साढे दुई किलोमिटर पर तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित राष्ट्रिय न्यायीक प्रतिष्ठानको वरिपरि रहेको ३२ रोपनी १५ आना सरकारी जग्गा व्यक्तिको नाममा हालसाविक गर्न स्थानीय र बिचौलियाहरूले नापी कार्यालयका कर्मचारीहरूलाई दबाब दिने गरेको पाइएको छ।

नापी प्रमुखको ‘सेटिङ’ मा सार्वजनिक इनार व्यक्तिको नाममा

नापी कार्यालय धनुषाका प्रमुख सुमन किशोर मिश्रले सार्वजनिक इनारको जग्गा व्यक्तिको नाममा सारेको पाइएको छ। अनुचित लाभ लिएर जनकपुरधाम उपमहानगरपालिका २१ मा सार्वजनिक इनारलाई नै लुप्त बनाइएको हो।

सेवाग्राहीलाई झन्झट नदिनुस्ः सचिव रेग्मी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सेवाग्राहीलाई प्राथमिकतामा राखी शीघ्र झन्झटरहित तवरबाट सेवा प्रवाह गर्न मातहतका सबै मालपोत र नापी कार्यालयलाई निर्देशन दिएको छ।

कोरोना संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

केहीदिन यता देशव्यापीहरुपमा कोरोना संक्रमितको संख्या बढेको पछि आफूहरुले जनताहरुलाई सजगह रहन आग्रह गरिएको उनले बताए। ‘स्वास्थ्य मापदण्ड अपनाए कोभिड १९ बाट जोगीन सक्छौं’

उदयपुरका ९ सय ५० परिवारले गाउँ ब्लकको लालपुर्जा पाउँदै

वर्षौदेखि भोगचलन गर्दै आए पनि गाउँ ब्लकमा परेकाले जग्गाधनीहरु पुर्जाविहीन अवस्थामा थिए। उनीहरुलाई नापी कार्यायलले प्रचलित ऐन नियम अनुसार लालपुर्जा दिएको नापी शाखा उदयपुरका प्रमुख लालबाबु यादवले बताए। यादवका अनुसार २०२८ सालमा नापी गरेको निस्सा भए पनि लालपुर्जा नपाएको जमिनलाई ‘गाउँ ब्लक’को परिभाषाभित्र सरकारले राखेर थप प्रक्रिया अपनाएर पुर्जा दिने गरेको छ।

भूमि व्यवस्थापन सेवालाई थप सहज र पारदर्शी बनाइन्छः मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन भएको शतवार्षिकीको अवसरमा आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ।

पहिले २ घण्टा लाग्ने काम, अहिले २ मिनेटमै !

पहिले २ घण्टा लाग्ने काम, अहिले २ मिनेटमैमा सेवाग्राहीको भिड घटेको छ। प्रमुख नापी अधिकृत खिमलाल गौतमका अनुसार कार्यालयले गत फागुनमा सार्वजनिक गरेको मोबाइल एप्स सेवाग्राहीले प्रयोग गर्न थालेपछि सेवाग्राहीका भिड घट्न थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्