coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

धवलागिरी जोड्ने सडकको विजोग (फोटोफिचर)

यातायात सेवा अवरुद्ध हुँदा उपचारका लागि पोखरासम्म आउन पनि स्थानीयलाई समस्या परेको छ। धवलागिरी अञ्चलको मूल प्रवेशद्वार पर्वत हो। तर, अहिले पर्वत सदरमुकाम कुश्मा समेत पुग्न सकस छ।

पोखरा–बागलुङ सडक खुलाउनै सकस

गत विहीबार मध्यरातको भीषण वर्षापछिको पहिरोले मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत पर्वत खण्डको केही भाग छियाछिया भयो । भीषण पहिरोले राजमार्गको करिब आठकिलोमिटर खण्ड पुरै ध्वस्त पारेको छ ।

पोखरा–बागलुङ सडक खण्ड सोमबार रातिदेखि अवरुद्ध

सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ।

पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध

गएरातिदेखि परेको अबिरल बर्षाका कारण पहिरो जाँदा पोखरा–बागलुङ सडक अबरुद्ध भएको छ। कुश्मा नगरपालिका वडा नम्बर १ सहस्रधारास्थित पाङ जानेबाटोबाट आएको पहिरोले सडक अबरुद्ध भएको हो। सडक अबरुद्ध भएपछि पर्वतको कुश्माबाट बागलुङ, म्याग्दी, मुस्ताङ जाने र ती जिल्लाबाट पर्वत हुँदै बाहिरिने सवारी साधन पनि चल्न पाएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्