१२ मंसिर २०८१ बुधबार
image/svg+xml

टाटाको 'टियागो 'इभी धनतेरस एक्सचेन्ज धमाका'

मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभिको हरेक बुकिङ्गमा सुनको असर्फी वा आइ फोन १६ प्रो प्राप्त गर्न सक्नेछन्। यी अफरहरु धनतेरस एक्सचेङ्ग धमाकाको ३ दिनका लागि मात्र लागु हुनेछ।

दसैंभरी काठमाडौं-नारायणघाट सडकमा ठुला सवारी सञ्चालनमा रोक

यातायात व्यवस्था विभागले घटस्थापना बिहीबारदेखि कोजाग्रत पूर्णिमा कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

पलेशालाई पोखरामा सम्मान

पेरिस पारालिम्पिकमा नेपाललाई ऐतिहासिक काँश्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरामा नगद सहित सम्मान गरिएको छ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र कास्की जिल्ला तेक्वान्दो संघले नगद पुरस्कार सहित सम्मान गरेको हो।

पारालिम्पिकमा पलेशाले दिलाइन् ऐतिहासिक पदक

नेपालका पलेशा गोवर्धनले फ्रान्समा जारी पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट कांस्य पदक जितेकी छन्। यो पदक नेपालको खेलकुद इतिहासमा नै सबैभन्दा ठूलो हो। नेपालले अहिलेसम्म ओलम्पिक र पारालिम्पिकमा पदक जित्न सकेको थिएन।

प्राङ्गारिक मल तथा बायोग्यास उद्योग: करोडौँ लगानी, उपलब्धि शून्य

प्रतिघण्टा एक हजार केजी मल उत्पादन गर्न सकिने क्षमताको प्राङ्गारिक मल उद्योग तथा गोबरग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रुपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्नेगरी स्थापना गरिएको बायोग्याँस प्लान्ट अहिले अलपत्र छ।

‘मापसे छलिएला छलिन्न मृत्यु’

मापसे गरेर उम्कने प्रयासमा चालक स्वयं दुर्घटनामा परेको प्रहरी तथ्यांकले देखाउँछ। ‘मापसे छलिएला तर मृत्यु छल्लिन,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्का भन्छन्, ‘मापसे छल्ने क्रममा दुर्घटना हुने सम्भावना झनै बढी हुन्छ।’

संविधान संशोधनको औचित्य र आशा

संविधान जारी भएपछि पनि अवस्था सहज बन्न सकेन तर पनि दलबीच एकता र समझदारीको सूत्र भने कसिलो बन्दै गयो जसले गर्दा जनताका निराशामा आशाका किरण देखिँदै गए।

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

भदौः प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।

‘डुलुवा’ टोलीको पर्यटन प्रर्वद्धन कास्कीदेखि कन्याकुमारीसम्म

पर्यटन प्रर्वद्धन लागि ‘डुलुवा’ टोली आज भारतमा भ्रमणमा निस्केको छ। पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रर्वद्धन गर्ने गरि एकमहिने भारत भ्रमणमा निस्केको हो।

तीन दलीय स्वार्थको ‘बन्धक’ संक्रमणकालीन न्याय

द्वन्द्वपीडितले भन्दै आएका छन्, ‘तीन दलका नेताले सहमति गर्ने हो भने संक्रमणकालीन न्यायको विषय तुरुन्तै टुंगिन्छ।’ नेताहरूको ‘स्वार्थ’मै अल्झिरहेको विधेयक संशोधन नहुँदा त्यसको असर दुई आयोगमा पनि परेको छ।

अस्थिरताबीच एक वर्षमा पाँच खरब लगानी स्वीकृत

सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न समयसापेक्ष रूपमा ऐन, कानुन संशोधन गरेर वातावरणमा सुधार हुँदै गएपछि लगानीकर्तामा आकर्षण बढेको छ।

विवादित छविका अधिकृत ठाकुरको मुद्दामा अदालतले दिएन अन्तरिम आदेश

बुधवार इजलास नम्बर ३ मा न्यायधिश महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको संयुक्त इजलासले उनको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

गोबर बेचेरै मनग्गे कमाउँछन् धनलाल बुढा

जुम्लाको चन्दननाथ नगरपालिका– ४ मालाभिडका २७ वर्षीय धनलाल बुढाको गोठमा ४ वटा भैंसी ४ वटा गाई छन्। हिमाली दुग्ध उत्पादन तथा प्रशोधन उद्योग चलाइरहेका बुढा नियमित दुध बेचेर राम्रै आम्दानी गर्छन्।

खाद्य ऐन– २०२३ संशोधन : अखाद्य वस्तु बेचे पाँच वर्ष कैद

मानव स्वास्थ्यमा खेलबाड गर्दै अखाद्य वस्तु उत्पादन गरेर बिक्री वितरण गरे पाँच वर्षसम्म कैद सजाय हुने गरी सरकारले कानुन संशोधन गरेको छ।

फुट्दै र मधेसी मन दुखाउँदै जसपा

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनको सरकार ढालेर गत फागुन २१ गते नयाँ समीकरण बनाउन जनता समाजवादी पार्टी (जसपा) लेउत्प्रेरकको भूमिका खेलेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्