coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

निलम्बनमा २०१ कर्मचारी

राष्ट्रिय किताबखानाका प्रवक्ता तथा निर्देशक सुदन श्रेष्ठका अनुसार पछिल्लो पाँच वर्षयता देशभरि दुई सयको हाराहारीमा कर्मचारीहरू निलम्बननमा परेको विवरण किताबखानामा रहेको बताए।

सरकारी कर्मचारी नै मानव तस्करीमा !

प्रहरीले अध्यागमनका नौ अधिकृतसहित २२ जनालाई ‘भिजिट भिसा’ मा मानव तस्करीको अभियोगमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ।

जातीय विभेदको बदलिँदो स्वरूप

जातीय छुवाछूत तथा भेदभाव पुराना पुस्ताका र शिक्षाको कमी भएका व्यक्तिहरूले गर्छन् त्यसैले शिक्षाको विकास भएपछि आफैँ हटेर जान्छ भन्ने परम्परागत सोचाइ गलत सावित हुँदै आएको छ।

भ्रमण भिसा : एक हजार पाँच सयमा दुई सय ४६ नक्कली

भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ।

सरकारी कर्मचारीबाटै पत्नीहिंसा

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत नायबसुब्बा नवराज शर्मा रिजालले पत्नी निर्मलाकुमारी आचार्यलाई शनिबार बिहान कुटपिट गरी घाइते बनाएका छन्।

मधेसमा सिडिओ बन्न हानथाप, अन्य पदमा जान मान्दैनन् कर्मचारी

संघीयता कार्यान्वयन भएदेखि नै अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा सधैं कर्मचारीको अभाव हुने गरेको छ।

अनियमितताविरुद्ध अभियान

नेपालमा भ्रष्टाचार र घूस सामान्य भइसकेका छन् । कुनै सरकारी कर्मचारीले घूस नलिइ केही काम गरिदियो भने आश्चर्य मान्नुपर्ने अवस्था छ ।

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाखसहित एकजना सरकारी कर्मचारी पक्राउ परेका छन्।

कर्मचारीहरूको सरुवा स्वचालित प्रणालीमा हुनुपर्छ: मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निजामती कर्मचारीहरूको सरुवा स्वचालित प्रणालीमा हुनुपर्ने बताएका छन्।

सरकारी कर्मचारीका छोराछोरी सामुदायिकमै

पर्वतको जलजला गाउँपालिकामा सरकारको तलब भत्ता बुझ्नेका छोराछोरीलाई सामुदायिक विद्यालयमा नै भर्ना गराउनुपर्ने निर्णय भएको छ।

सरकारी गाडी लिएर नाकामा घरायसी सामग्री किनमेल गर्न पुगिन् नगरपालिकाकी उपप्रमुख

उपप्रमुख सिंहले 'घरायसी प्रयोजनको सामग्री लिन सिमापारी जादैछौं' भनेर सिमाना खटिएका सशस्त्र प्रहरीलाई भनेकाे बिओपी मैनाथपुरका सशस्त्र प्रहरी निरीक्षक गणेश पाण्डेले बताए। उनले भने, 'सरकारी गाडीमा व्यक्तिगत सरसामान ढुवानी गर्न पाइदैन। हामीले त्यस्तो देखेपछि रोकेका हौं, गाडीमा सरसामान राख्न नदिएपछि उपप्रमुख सिंहले टेम्पोमा राखेर जानुभयाे।'

बजेट छल्दै २४ प्रतिशत तलब वृद्धि

चालु आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा अर्थमन्त्री जनार्दन शर्माले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेका थिए।

बिदाको अस्थिर नीतिगत निर्णय

यसै पनि हामीकहाँ सार्वजनिक विदा धेरै छन्। बहुजातीय, वहुसांस्कृतिक मुलुक नेपालमा सबैका चाडपर्व, दिवस आदिका निम्ति पनि बिदा दिनुपर्ने अवस्था छ। यी बिदा नघटाई दुई दिन बिदा दिँदा वास्तविक कार्य दिन २ सय १८ मात्र हुनु आफैँमा चिन्ताको विषय हो। झण्डै पाँच महिना बिदा दिएर नेपालले कस्तो उपलब्धि हासिल गर्ने हो?

बिदैबिदा

हाम्रो मुलुकले साँच्चिकै उन्नति गर्ने र काममा विश्वास गर्ने हो भने बिदाको संख्या घटाउनैपर्छ। अहिलेसम्म यति धेरै बिदा पाइएको हो, अझै पाउनुपर्छ भन्ने होइन। हाम्रोजस्तो बहुभाषी, बहुजातीय र बहुक्षेत्रीय मुलुकले सबैलाई मान्य हुने गरी बिदाको व्यवस्थापन गर्नुपर्छ।

सरकारी कर्मचारीलाई बिदैबिदा

नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन। उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन्। यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत उनीहरूले पाएका हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्